बिहिबार, २१ साउन २०८३
नेपाली

स्वास्थ्य

Main News Image

पाल्पामा एआई प्रविधिबाट क्षयरोगी खोज अभियान सञ्चालन

काठमाडौँ । पाल्पाको पूर्वखोला गाउँपालिकामा आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० एक्सरे प्रविधिमार्फत क्षयरोगी पहिचान गर्ने अभियान सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा वीरकोट र सिलुवा स्वास्थ्य चौकीमा शिविर आयोजना गरी परीक्षण गरिएको हो । वीरकोटमा १८७ र सिलुवामा २८० जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

परीक्षणका क्रममा वीरकोटमा ३४ र सिलुवामा ४५ जना शङ्कास्पद बिरामी पहिचान भएका छन्। तीमध्ये चार जनाको तत्काल उपचार सुरु गरिएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालका अनुसार उक्त प्रविधिले फोक्सोको एक्सरे तस्बिरलाई सफ्टवेयरमार्फत विश्लेषण गरी सामान्य परीक्षणबाट नदेखिने सूक्ष्म समस्या समेत पहिचान गर्न सक्छ । यसले खकार परीक्षणअघि नै जोखिमयुक्त बिरामी छुट्याउन सहयोग पुर्‍याउने बताइएको छ।

शङ्कास्पद बिरामीलाई थप परीक्षणका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा रिफर गरिएको छ ।


घरघरमा मोही अभियान सुरुः स्वास्थ्य र स्वदेशी उत्पादन प्रवद्र्धनमा डेरी एसोसिएसनक...

काठमाडौँ । नेपाल डेरी एसोसिएसनले “मोहीको विश्वास, स्वास्थ्यको विकास, घरघरमा फैलाऔँ अभियान” नारासहित देशव्यापी अभियान सुरु गर्ने भएको छ । नेपाली मौल...

आइतबार ओपीडी सेवा दिन सम्भव छैन : चिकित्सक संघ

काठमाडौँ । नेपाल चिकित्सक संघले आइतबार ओपीडी सेवा सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन गर्न नसकिने जनाएको छ ।...

आइतबार पनि ओपीडी सेवा खुला राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको दिन आइतबार समेत ओपीडी सेवा सञ्चालन गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले...

वीर अस्पतालमा एमआरलाई प्रवेश निषेध

काठमाडौँ । वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा कुनै निश्चित कम्पनी वा ‘ब्रान्ड’ तोकी नलेख्न निर्देशन गरेको छ । अस्पतालका कार्यकार...

विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ ।  ‘हो, हामी क्षयरोग अन्त्य गर्छौं, राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवस मनाइँदैछ । क्षयरोग नियन्त...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

काठमाडौँ । नवलपरासी बर्दघाट सुस्तापूर्वमा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएक...