बिहिबार, २१ साउन २०८३
नेपाली

स्वास्थ्य

Main News Image

काठमाडौंमा वायु प्रदूषण ‘धेरै अस्वस्थ’ तहमा

काठमाडौँ । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। वर्षात् भएसँगै सुधार देखिएको वायु गुणस्तर अचानक खस्किँदै ‘धेरै अस्वस्थ’ तहमा पुगेको छ । एयर क्वालिटी इन्डेक्स एक्युआईका अनुसार मङ्गलबार दिउँसो करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचकांक आज बिहान ११ः०० बजेसम्म बढेर २४७ पुगेको छ । यो स्तर ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्छ, यसले सर्वसाधारणको स्वास्थ्यमा असर पार्न सक्ने जनाइएको छ ।

एक्युआईको मापदण्डअनुसार ०-५० सम्म ‘राम्रो’, ५१,१०० ‘मध्यम’, १०१,१५० ‘अस्वस्थ’, १५१,२०० ‘सबैका लागि अस्वस्थ’, २०१,३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वर्षा नहुनु, बढ्दो सुक्खा, कृषि अवशेष जलाउने प्रवृत्ति तथा वन डढेलोका घटनाले वायु प्रदूषण बढाउन मुख्य भूमिका खेलेका छन् ।


ओपिडी सेवा नखुम्च्याउन सरकारलाई महामन्त्री प्रदिप पौडेलको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले केही समययता सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालमा ओपिडी सेवा नपाउँदा बिरामीको बिजोग भएको प...

सर्वसाधारणले खाने चामलमा विषादी

काठमाडौँ । सर्वसाधारणले दैनिक उपभोग गर्ने चामलमा विषादीको अवशेष भेटिएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । विभिन्न स्थानबाट संकलित नमुनाको परीक्षणमा...

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्...

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षणविना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ । काउन्सिलका रजिस्ट्रार डा सतिस...

अन्तर्राष्ट्रिय आरोग्य दिवस आज, टुँडिखेलमा विशेष कार्यक्रम सम्पन्न

काठमाडौँ । आज अन्तर्राष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालकै पहलमा संयुक्त राष्ट्रसंघले यो दिवस घोषणा गरेपछि पहिलो पटक औपचारि...

विषादी नियन्त्रणमा कडाइ गर्न मन्त्रालयको अनुरोध

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा अनियन्त्रित रूपमा प्रयोग भइरहेका घातक र प्रतिबन्धित विषादी नियन्त्रणका लागि देशभर...