सोमबार, ०७ वैशाख २०८३
नेपाली

समाचार

Main News Image

झाडा पखालाका कारण दाजुभाइको ज्यान गयो, आमा र भाइको उपचार हुँदै

काठमाडौँ । कैलालीको चुरे गाउँपालिका–३ भक्तपुरमा झाडा पझाडा पखालाका कारण दुई जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सहोदर दाजुभाइ ८ वर्षीय भीम ताम्राकार र ५ वर्षीय दीपक ताम्राकार रहेका छन् । कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दका अनुसार उनीहरूको मृत्यु झाडा पखालापछि भएको डिहाइड्रेसनका कारण भएको प्रारम्भिक आशंका गरिएको छ । अस्पताल ल्याउँदा नै दुवै बालक अचेत अवस्थामा रहेका थिए।

उनीहरूका ३ वर्षीय भाइ दिपेश र २८ वर्षीया आमा राधिका ताम्राकारको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । तीनै जना गम्भीर अवस्थाका बिरामी रहेको जानकारी आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आमासहित तीन बालबालिकालाई उद्धार गरी अस्पताल पुर्‍याइएको हो। अस्पताल पुर्‍याउँदा दुई दाजुभाइ अचेत अवस्थामा रहेका थिए ।

नेपाल वन प्राविधिक संघद्वारा सरकारलाई ध्यानाकर्षण

काठमाडौँ । नेपाल वन प्राविधिक संघले वन तथा वातावरण क्षेत्रसँग सम्बन्धित विभिन्न नीतिगत तथा व्यवहारिक समस्याप्रति सरकारको ध्यानाकर्षण गराएको छ । संघ...

सुदूरको बेथाः बाटोमै जन्माइन् दोइलाले बच्चा

बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा एक गर्भवती महिलाले बीच बाटोमै बच्चा जन्माएकी छन् । सोही पालिकाको वड...

सरकारले भन्यो_ इजरायल र इरानको यात्रा नगर्नू

काठमाडौँ । नेपाल सरकारले नेपाली नागरिकलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले शनिबार सूचना जारी गर्दै अवस्था सामान्...

नेशनल लाईफ इन्स्यारेन्सको ३९ औं वार्षिक उत्सव सम्पन्न

काठमाडौँ । नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लिमिटेडले आफ्नो ३९औं वार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी भव्य रुपमा सम्पन्न गरेक...

घरजग्गा कारोबारबाट माघमा उठ्यो पाँच अर्ब राजस्व

काठमाण्डौँ । गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले पाँच अर्ब नौ लाख २४ हजार राजस्व सङ्कलन गरेका छन् । गत पुसमा पाँच अर्ब १७ करोड ३२ लाख ...

पशुपतिमा महाशिवरात्रिको तयारी अन्तिम चरणमा

काठमाण्डौँ । महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ क्षेत्रमा सरसफाइलगायत व्यवस्थापनको तयारी तीव्र पारिएको छ । महाशिवरात्रि पर्वलाई व्यवस्थित, मर्यादित...