समाचार
घरजग्गा कारोबारबाट माघमा उठ्यो पाँच अर्ब राजस्व
काठमाण्डौँ । गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले पाँच अर्ब नौ लाख २४ हजार राजस्व सङ्कलन गरेका छन् । गत पुसमा पाँच अर्ब १७ करोड ३२ लाख राजस्व सङ्कलन गरेकामा माघमा भने केही घटेको हो । देशभरको मालपोतको राजस्व सङ्कलन लगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न सकेको छैन ।
विभागका अनुसार गत माघ महिनामा कुल ५० हजार ८३७ लिखत पारित भएको छ । गत वर्षको तुलनामा यस वर्षको माघमा लिखत पारितको सङ्ख्यामा केही बढोत्तरी भएको छ । विभागका अनुसार गत माघमा सेवा करबापत ३१ करोड ५८ लाख ७२ हजार ४८८, रजिस्ट्रेसन दस्तुर दुई अर्ब ६८ करोड ६९ लाख ४२ हजार ५३२ सङ्कलन भएको थियो । त्यसैगरी पुँजीगत लाभकरबापत एक अर्ब ९६ करोड ५५ लाख १२ हजार २६७ सङ्कलन भएको विभागले जनाएको छ।
ताजा समाचार
पशुपतिमा महाशिवरात्रिको तयारी अन्तिम चरणमा
काठमाण्डौँ । महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ क्षेत्रमा सरसफाइलगायत व्यवस्थापनको तयारी तीव्र पारिएको छ । महाशिवरात्रि पर्वलाई व्यवस्थित, मर्यादित...
कर्णालीका जिल्लामा हिमपात
काठमाण्डौँ । कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा पनि यस हिउँदमा पहिलोपटक हिमपात भएको छ । गएरातिदेखि कर्णालीका हुम्ला,...
महावीर पुनलाई कुलमान नेतृत्व पार्टीको समर्थन
काठमाडौँ । वैज्ञानिक महावीर पुन स्वतन्त्र उम्मेदवारको रूपमा मनोनयन गर्दै म्याग्दीबाट प्रतिनिधि सभाको निर्वाचनमा भाग लिए पनि उनलाई राजनीतिक पार्टीको...
दश वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता
म्याग्दी । बेनी नगरपालिका ७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयले...
कुलमान–रवि वान–टु–वान भेट, पार्टी समायोजनमा छलफल
काठमाडौँ । मन्त्रीबाट राजीनामा दिएका कुलमान घिसिङले शुक्रबार रास्वपा सभापति रवि लामिछानेसँग पार्टी समायोजनका विषयमा वान–टु–वान भेटवार्ता गरेका छन्...
काठमाडौँका विभिन्न स्थानबाट नाबालिकामाथि यौनशोषणमा संलग्न ५ जना पक्राउ
काठमाडौँ— नाबालिकालाई जबर्जस्ती यौनशोषणको कार्यमा लगाउने कसुरमा संलग्न भएको आरोपमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबा...


