बुधबार, १६ वैशाख २०८३
नेपाली

समाचार

Main News Image

अतिक्रमित सुकुम्बासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन : आइतबारदेखि डोजर चल्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं उपत्यका लगायत देशका विभिन्न प्रमुख सहरहरूमा सार्वजनिक जग्गा मिचेर बनाइएका सुकुम्बासी बस्तीहरूलाई अविलम्ब हटाउन सम्बन्धित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक उच्चस्तरीय सुरक्षा बैठकमा प्रधानमन्त्री शाहले लामो समयदेखि सार्वजनिक सम्पत्तिमाथि कब्जा जमाएर बस्दा विकास निर्माणका कामहरू ठप्प भएको र सहरी सुन्दरता तथा वातावरणमा समेत प्रतिकूल असर पुगेको भन्दै आगामी आइतबारदेखि नै अतिक्रमण हटाउने अभियान तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका हुन् ।

लामो समयदेखि विवादित बन्दै आएको सार्वजनिक जग्गा अतिक्रमणको समस्यालाई अब थप समय दिन नसकिने निष्कर्ष निकाल्दै प्रधानमन्त्रीले सुरक्षा प्रमुखहरूलाई तत्काल कार्ययोजना बनाएर अघि बढ्न आग्रह गरेका छन् । 


भैरमपुरमा बाह्र घर जलेर खरानी

काठमाडौँ ।  पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–५ भैरमपुरमा मंगलबार दिउँसो भएको भीषण आगलागीमा १२ ओटा घर जलेर खरानी भएका छन् ।  जिल्ला...

झाडा पखालाका कारण दाजुभाइको ज्यान गयो, आमा र भाइको उपचार हुँदै

काठमाडौँ । कैलालीको चुरे गाउँपालिका–३ भक्तपुरमा झाडा पझाडा पखालाका कारण दुई जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सहोदर दाजुभाइ ८ वर्षीय भीम ताम्...

नेपाल वन प्राविधिक संघद्वारा सरकारलाई ध्यानाकर्षण

काठमाडौँ । नेपाल वन प्राविधिक संघले वन तथा वातावरण क्षेत्रसँग सम्बन्धित विभिन्न नीतिगत तथा व्यवहारिक समस्याप्रति सरकारको ध्यानाकर्षण गराएको छ । संघ...

सुदूरको बेथाः बाटोमै जन्माइन् दोइलाले बच्चा

बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा एक गर्भवती महिलाले बीच बाटोमै बच्चा जन्माएकी छन् । सोही पालिकाको वड...

सरकारले भन्यो_ इजरायल र इरानको यात्रा नगर्नू

काठमाडौँ । नेपाल सरकारले नेपाली नागरिकलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले शनिबार सूचना जारी गर्दै अवस्था सामान्...

नेशनल लाईफ इन्स्यारेन्सको ३९ औं वार्षिक उत्सव सम्पन्न

काठमाडौँ । नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लिमिटेडले आफ्नो ३९औं वार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी भव्य रुपमा सम्पन्न गरेक...