स्वास्थ्य
बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह
कञ्चनपुर । कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण पुष्टि भएको छ । केही समयदेखि व्यावसायिक रूपमा पालिएका बङ्गुरमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भागमा नीलो र रातो धब्बा देखिने तथा अप्रत्याशित रूपमा बङ्गुर मर्न थालेपछि गरिएको प्राविधिक परीक्षणबाट ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण पुष्टि भएको हो ।
पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले द्रुत प्रतिक्रिया टोली आरआरटी परिचालन गरी स्थानीय स्तरमा नमूना सङ्कलन गरेको थियो । सुरुमा ‘रेपिड एन्टिजेन’ विधिबाट परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नमूनाहरू केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, काठमाडौँ पठाइएकामा पिसिआर विधिबाट परीक्षण गर्दा रोग पुष्टि भएको प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार हालसम्म कैलालीको धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रमा किसानले पालेका बङ्गुरहरूमा यो सङ्क्रमण देखिएको हो ।
ताजा समाचार
डेङ्गी सङ्क्रमणको ग्राफ घट्यो, जोखिम घटेन
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा डेङ्गी सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ...
काठमाडौं बन्यो विश्वकै पाँचौं प्रदूषित सहर, बाहिर व्यायाम तथा मर्निङ वाक नगर्न स...
काठमाडौँ । काठमाडौंको वायु प्रदूषण निकै बढेर हाल गम्भीर संकटमा पुगेको छ। पछिल्लो तथ्यांकअनुसार काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा श...
काठमाडौंमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन आग्रह
काठमाडौँ । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ। सोमबार मध्याह्नमा १७८ रहेको वायु गुणस्तर सूचकांक एक्युआई आज मध्याह्नसम्म १९१ पुगेको छ । यो स्तर...
चारवटा विद्यालयमा ‘साना डाक्टर कार्यक्रम’ सञ्चालन गर्दै काठमाडौं महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालबालिकाहरुमा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्धन गर्न विद्यालयहरुमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको...
काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित सहर, पानी नपरेसम्म प्रदूषण अझै बढ्ने सम्भाव...
काठमाडौँ । राजधानी काठमाडौंको हावाको गुणस्तर बिहीबार बिहान अत्यन्तै खराब अवस्थामा पुगेको छ । विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा काठमाडौँ चौथ...
नेपालमा वायु प्रदूषणले सीमा नाघ्यो !
काठमाडौँ । नेपालमा वायु प्रदूषण फेरि उच्च बनेको छ । काठमाडौँलगायत देशका विभिन्न भेगमा सुक्खा, खडेरी र डढेलो बढेसँगै वायु प्रदूषण उच्च बनेको हो । मङ...


