बिहिबार, १५ असोज २०८३
नेपाली

आइतबार पनि ओपीडी सेवा खुला राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

Main News Image

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको दिन आइतबार समेत ओपीडी सेवा सञ्चालन गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले दुई दिनको बिदाका कारण स्वास्थ्य सेवा प्रभावित हुन सक्ने भन्दै आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गरेको हो । यससम्बन्धी विज्ञप्ति जारी गर्दै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई सेवा प्रवाह निरन्तर राख्न विशेष तयारी गर्न भनिएको छ ।

जारी निर्देशनअनुसार कामको चाप र उपलब्ध जनशक्तिको आधारमा आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्नुपर्नेछ । सेवा दिने कर्मचारीलाई अन्य दिन बिदा मिलाएर दिने वा सम्भव नभए सट्टा बिदा उपलब्ध गराउने व्यवस्था गर्न पनि मन्त्रालयले उल्लेख गरेको छ ।


mediabaaji add

सम्बन्धित खबर

चालीस माइक्रोनभन्दा पातला प्लास्टिक झोला बिक्रीमा पूर्ण रोक

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वातावरण प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा निगरानी बढाएको छ। विभागले पछिल्लो पटक उपत्यकाका विभिन्न १९ वटा प्लास्टिक उद्योग, आयातकर्ता र...

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा दोहोरिए डा. जोशी

काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा प्रमोद जोशी नियुक्त भएका छन् । शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । स्वस्थ्य अनुसन्धान, चिकित्सा सेवा तथा प्रशासनिक क्षे...

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षणविना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ । काउन्सिलका रजिस्ट्रार डा सतिसकुमार देवले टिकटक, इन्स्टाग्राम तथा फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस गर्ने...

विषादी नियन्त्रणमा कडाइ गर्न मन्त्रालयको अनुरोध

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा अनियन्त्रित रूपमा प्रयोग भइरहेका घातक र प्रतिबन्धित विषादी नियन्त्रणका लागि देशभरका स्थानीय तहलाई अनुरोध गरेको छ । हालैका दिनमा विभिन्न सञ्चार माध्यममा आएका समाचार र सरोकारवाला निका...

सर्वसाधारणले खाने चामलमा विषादी

काठमाडौँ । सर्वसाधारणले दैनिक उपभोग गर्ने चामलमा विषादीको अवशेष भेटिएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । विभिन्न स्थानबाट संकलित नमुनाको परीक्षणमा करिब ८३ प्रतिशत चामलमा विषादीको अवशेष फेला परेको हो । मायादेवी गाउँपालिकाका १२० व्यावसायिक किसानमा...

आन्दोलन फिर्तासँगै आजबाट अस्पतालका सबै सेवा सुचारु

काठमाडौँ । चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएसँगै आजबाट अस्पतालमा नियमित रूपमा सबै सेवा सुचारु भएका छन् ।  सरकार र आन्दोलनरत चिकित्सकबीच बुधबार साँझ सहमति भएसँगै आजबाट अस्पतालले नियमित रूपमा आफ्नो सबै सेवा दिन सुरु गरेका ह...