विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै
काठमाडौँ । ‘हो, हामी क्षयरोग अन्त्य गर्छौं, राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवस मनाइँदैछ । क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्षको मार्च २४ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
सन् २०३५ सम्म देशमा क्षयरोग अन्त्य गर्ने तथा सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम गरी दिवसलाई भव्यताका साथ मनाउन लागिएको हो। यस वर्षका लागि तय भएको नाराले राष्ट्रिय अभियान, साझा जिम्मेवारी र जनसहभागिताको महत्वलाई उजागर गर्न खोजिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
नेपालको प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको क्षयरोगको पहिचान गरी निदान गर्ने र जनचेतना फैलाउने लक्ष्यका साथ यस दिवसलाई भव्यताका साथ मनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुरोधमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई आग्रह गरेको छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२४ मा नेपालमा ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। देशभरका छ हजार २४१ स्वास्थ्य संस्थामा क्षयरोगको उपचार हुन्छ भने ७८५ संस्थामा तोकिएको माइक्रोस्कोपी सेवा र १४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क उपलब्ध छ।
एक्सप्रेस
सम्बन्धित खबर
डाक्टरमाथि कुटपिट र दुर्व्यवहारको विरोधमा चिकित्सक संघद्वारा आज देशभर आकस्मिक बाहेकका सेवा ठप्प
काठमाडौँ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले दमन गरेको भन्दै विरोधस्वरूप नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्दको घोषणा गरेको छ । संघको यस निर्णयसँगै आज देशैभरका अस्पतालहरूमा बहिरङ्ग ओपिडी लगायतका...
डेङ्गी सङ्क्रमणको ग्राफ घट्यो, जोखिम घटेन
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा डेङ्गी सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेङ्गीबाट सङ्क्रमित हुनेको सङ्ख्या सात हजार ६८३ रहेको...
चालीस माइक्रोनभन्दा पातला प्लास्टिक झोला बिक्रीमा पूर्ण रोक
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वातावरण प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा निगरानी बढाएको छ। विभागले पछिल्लो पटक उपत्यकाका विभिन्न १९ वटा प्लास्टिक उद्योग, आयातकर्ता र...
काठमाडौं बन्यो विश्वको सातौं प्रदूषित सहर, पानी नपरेसम्म वायु प्रदूषण झनै बढ्ने सम्भावना
काठमाडौँ । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ । हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज मध्याह्नसम्म काठमाडौं उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई पुगेको छ । आज काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये...
विश्व खाद्य सुरक्षा दिवस : दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
काठमाडौँ । विश्वभर बढ्दै गएको दूषित खाद्यवस्तुको उपभोग र त्यसले जनस्वास्थ्यमा पारेको गम्भीर असरका बीच आज विभिन्न चेतनामूलक कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाइँदै छ । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले सार्वजनिक गरेको पछिल्लो भयावह तथ्यां...
वीर अस्पतालमा एमआरलाई प्रवेश निषेध
काठमाडौँ । वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा कुनै निश्चित कम्पनी वा ‘ब्रान्ड’ तोकी नलेख्न निर्देशन गरेको छ । अस्पतालका कार्यकारी निर्देशक प्राडा दिलीप शर्माले चिकित्सकले बिरामीलाई औषधि तथा सर्जिकल सामग्रीको सिफारिस गर्दा कुनै न...



