समाज/संस्कृति
सशस्त्र प्रहरीका लागि थप गरिएको तीन डिआइजी पद तत्काललाई होल्ड
काठमाडौँ । सरकारले सशस्त्र प्रहरीका लागि थप गरिएको तीन डिआइजी पद तत्काललाई होल्डमा राखेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालका काका नाता पर्नेलाई बढुवाका लागि डिआइजी पद थपेको भन्दै विवाद उत्पन्न भएपछि तत्काललाई होल्डमा राखिएको हो ।
सशस्त्र प्रहरी बलमा कानुन तर्फको सशस्त्र प्रहरी नायब महानिरीक्षक डिआईजी बढुवा प्रक्रियामा अवरुद्ध बनेको हो। गृहमन्त्री ओमप्रकाश अर्यालका काका एसएसपी युवराज अर्याललाई डिआईजी बनाउने कानुनमा दरबन्दी थप गरिएको थियो ।
१४ जनाको कमाण्ड गर्न डिआईजीको दरबन्दी सिर्जना गर्नुले संगठनमा विवाद उत्पन्न भएको थियो । आइजीपी राजु अर्यालले तीन वर्षसम्म विवादमा आउने कुनै काम नगरेका बेला १४ जना कर्मचारीका लागि एक दरवन्दी थप गरेर सिंगो संगठनका सदस्यलाई निराशामा राखेको गुनासो गर्न थालिएको छ ।
‘जेनजी’ आन्दोलनको जगमा बनेको सरकारले डिआईजीको दरबन्दी थप गर्ने निर्णय विवादमा परेपछि ‘करेक्सन’ गर्ने सम्भावना बढेको छ । यद्यपि सच्याई हाल्ने अवस्था भने छैन । कालिदास धौबजीको स्थानमा कृष्णप्रसाद पाठकलाई बढुवा गरेपछि पछिल्लो डिआइजी पद होल्डमा पुगेको हो ।
ताजा समाचार
आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदै
काठमाडौँ । विश्वका विभिन्न मुलुकमा आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ । मानव तस्करी, जबरजस्ती श्रम, यौन शो...
काठमाडौंका मेयर बालेनलाई पितृशोक
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनका बुवा रामनारायण शाहको निधन भएको छ । अस्वस्थ भएसँगै आइतबार...
नेता र व्यवसायीकै घर पर्ने भएपछि पेचिलो बन्दै हेटौंडामा सडक विस्तारको योजना
हेटौंडा । सडक डिभिजन कार्यालय हेटौंडाले बजार क्षेत्रका संरचना हटाउन १५ दिने सूचना जारी गरेसँगै पुन विवाद बल्झिएको छ ।...
१८ सय मिटर सडक आठ वर्षदेखि अलपत्र
बाँके । बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चारलेन सडक विगत आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । विक्रम...
गीता जयन्ती पर्व मनाइँदै
काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलग...
एनआरएनएबीच एकता घोषणा
काठमाडौं। गैर आवासीय नेपाली संघ एनआरएन बीच एकता सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री सुशीला कार्कीक...


