समाज/संस्कृति
एनआरएनए एकतापछि स्टेरिङ कमिटीको बैठक आज बस्दै
काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको एकतापछि गठन भएपछि स्टेरिङ कमिटीको पहिलो बैठक बस्दै छ । डिसेम्बर ५ तारिख शुक्रवार बिहान ९ बजे बैठक बस्ने जनाइएको छ । गत आइतबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एनआरएनएका दुई समूह महेश कुमार श्रेष्ठ र डा। बद्री केसी पक्षबिच एकता भएको थियो । एकतापछि ११ सदस्यीय स्टेरिङ कमिटी गठन गरिएको छ । उक्त कमिटीमा रहने १० जनाको नाम सार्वजनिक भइसकेको छ भने एक जनाको नाम चाँडै सार्वजनिक हुने बताइएको छ ।
पहिलो बैठकमा संघको काम कारबाहीलाई चुस्त दुरुस्त पार्ने र सहमति अनुसार १२ औँ महाधिवेशनका विषयमा पनि छलफल हुने छ । स्टेरिङ कमिटीमा महेश कुमार श्रेष्ठ, डाक्टर बद्री केसी, विनोद कुँवर, आरके शर्मा, विनोद श्रेष्ठ, बीआर लामा, गौरीराज जोशी, रतन झा, गंगाधर गौतम र भवानी ओली रहेका छन् । एकतापछि अहिले एनआरएनएले राष्ट्रपतिसहित विभिन्न राजनीतिक दलका नेताहरूसँग आफ्ना मुद्दाहरूका विषयमा छलफल एवं पैरवी गर्दै आएको छ।
ताजा समाचार
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाक...
लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने
काठमाडौँ । काठमाडौं उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले कडाइका साथ नयाँ व्यवस्था लागू ग...
सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु...
पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार
काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि राखिएका फलामको बार हटाइएको छ । पशुपतिनाथला...
नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ राष्ट्रसंघको अन्तरिम सुरक्षा फौजको फोर्स कमा...
काठमाडौँ । नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघले फोर्स कमान्डरमा नियुक्त गरेको छ । सुडान र दक्षि...
धानको पूजा गरी मनाइँदै धान्य पूर्णिमा र योमरी पुन्हि पर्व
काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्स...


