बिहिबार, ०४ असार २०८३
नेपाली

समाज/संस्कृति

Main News Image

सहरी संस्कृति भित्रिएपछि हराउन थाल्यो गाउँको मौलिकता

बागलुङ । सडकले नजोडिएका बागलुङका ग्रामीण क्षेत्र कमै छन् । केही गाउँ जोडिने क्रममा छन् । सडकले जोडिएपछि ग्रामीण क्षेत्रमा विस्तारै विकास पनि हुँदैछ, तर मौलिकता भने टुट्दैछन् । पूर्व पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म जोडिएको मध्यपहाडी लोकमार्ग, चीन(भारत जोड्ने कालीगण्डकी कोरिडोर र तराई(पहाड जोडेको सालझण्डी(ढोरपाटन सडकले बागलुङका सयौँ गाउँ बस्ती जोडेसँगै विकट गाउँ पनि सुगम हुँदैछन् ।

गाउँ(गाउँमा राष्ट्रिय तथा शाखा सडक पुगेपछि नागरिकको जीवनशैलीमासमेत परिवर्तन आउँदैछ । सडकका आसपासमा तीव्ररुपमा बस्ती विस्तार हुँदैछन् तर पछिल्लो समय बन्ने संरचनामा मौलिकता हराउँदैछ । गाउँसम्मै कङ्क्रिटका भवन बन्दैछन् । परम्परागत घुमाउने, ढुङ्गेघर विस्थापित हुने अवस्थामा पुगेका छन्। सडकले पाटीपौवा, धर्मशाला, चौतारा लगायतका सम्पदा पुरिएका छन् । यस्ता मौलिक सम्पदाको संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन ।

मौलिक गाउँका रुपमा परिचित तमानखोला गाउँपालिका(३ तमान गाउँ २०६७ सालमा सडकले जोडिएको थियो । सडकका कारण यहाँका धेरै मौलिक सम्पदा नासिएको स्थानीय रनबहादुर रोकाले बताए । सडकले गाउँमा धेरै विकास भए पनि पुराना सम्पदा संरक्षण भने हुन नसकेको उनको भनाइ छ ।

दैनिक गाउँमा गाडी गुड्न थालेपछि स्थानीयले सहर बजारकै सहनसहन गर्न थालेको भन्दै घर भवन पनि त्यस्तै बनाउन थालेको रोकाले बताए । पहिले बनेका रातोमाटो, सेतो कमिरोले पोतिएका घरकोस्वरुप फेरेर धेरैले आयातित रङ प्रयोग गर्न थालेको रोकाको भनाइ छ ।

उनले भने, “सडकले गाउँलाई सहर बजारसँग जोड्यो, विकाससँग जोड्यो तर हाम्रा मौलिक संस्कृति र परम्परालाई भने विस्तारै टुटाउँदैछ, सडकले पानीका मूल सुके, थकाई मार्ने चौतारा मासिए, पूजाआजा गर्ने थान मासिए । अहिले त देश विदेशका चालचलन गाउँ भित्रियो, गाउँलेले मौलिकता बिर्सिन थाले, हामी हुँदासम्म पुराना परम्परा रहलान्, हामीपछिका पुस्ताले संरक्षण गर्दैनन्, उनीहरुलाई आयातित संस्कार संस्कृतिकै चासो छ ।”

आगलागीबाट एक महिनामा आठको मृत्यु

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खा मौसममा आगलागीजन्य विपद्का घटना हुन नदिन आ...

पाल्पामा रोकेर यात्रु ओराल्ने क्रममा जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु

पाल्पा । नवलपरासीको अरुणखोलाबाट पाल्पाको रामपुर आउँदै गरेको जिप मित्याल अरुणखोला सडक अन्तर्गत निस्दी ४ मित्याल चिउरेबा...

एकै दिन ३ डिग्री सेल्सियसले घट्यो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम

काठमाडौँ । काठमाडौं उपत्यकाकाको न्यूनतम तापक्रम ह्वात्तै घटेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका...

दशरथ चन्द विश्वविद्यालयमा दुई पटकसम्म विज्ञापन गर्दा भेटिएनन् उपकुलपति

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा कुनै पनि उम्मेदवारको दरखास्त परेन । उपकुलपति...

मंसिर २० देखि हेटौँडाको राजमार्ग आसपासका घर भत्काउने तयारी, २० वटा हेभि उपकरण तय...

काठमाडौँ । भोलि मंसिर २० गतेदेखि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा बजार क्षेत्रका घरहरू भत्काइने भएको छ । स...

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

काठमाडौँ । आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस हो । विश्व माटो दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसंघको...