बुधबार, ०३ असार २०८३
नेपाली

समाज/संस्कृति

Main News Image

विपिन जोशीको शव आज काठमाडौं आइपुग्ने

काठमाडौँ । विद्रोही समूह हमासको अपहरणमा परेर मारिएका कञ्चनपुरका विपिन जोशीको शव आज नेपाल ल्याइँदै छ । जोशीको शव फ्लाई दुबईको उडानमार्फत दिउँसो २ः३५ बजे काठमाडौं आइपुग्ने छ । पार्थिव शरीरको सम्मानपूर्वक स्वागत तथा स्थानान्तरणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पूर्ण तयारी पूरा गरिएको छ । शव काठमाडौं आइपुगेपछि नेपाली सेनाको विमानमार्फत धनगढी विमानस्थल पुर्‍याइनेछ । त्यसपछि सेनाले धनगढीबाट एम्बुलेन्सद्वारा महेन्द्रनगर लैजाने र परिवारलाई औपचारिक रूपमा हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ ।

यस अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम तय भएको सरकारी अधिकारीहरूले जनाएका छन्। प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्यहरू, उच्च प्रशासकहरू, नेपाली सेना तथा प्रहरीका वरिष्ठ अधिकारीहरू पनि श्रद्धाञ्जलि कार्यक्रममा सहभागी हुनेछन्। श्रद्धाञ्जलि कार्यक्रम नेपाली सेनाको नं १४ बाहिनी मुख्यालयमा आयोजना गरिने भएको छ । 

तिहारको तेस्रो दिन : नरक चतुर्दशी, कुकुर तिहार

काठमाडौँ । तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक...

आज लक्ष्मी पूजा : आज साँझ धन धान्यकी देवी लक्ष्मीको पूजा गरिँदै

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी ल...

तिहार मनाउन ६ लाख मानिसले उपत्यका छोड्ने अनुमान, राजमार्गमा अब सास्ती बेहोर्नु न...

काठमाण्डौँ । शनिबारदेखि शुरू भएको तिहारका लागि करिब ६ लाख मानिसहरू काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । नेपा...

काग तिहार : यमराजको दूतको पूजा र प्रतीक

काठमाडौँ । तिहारको प्रारम्भ काग तिहारबाट हुन्छ । कागलाई यमराजको दूत मानिन्छ र यसले मानव कर्मको सूचना पुर्याउने विश्वास...

धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयो...

पोर्चुगलमा तनहुँका युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

काठमाण्डौँ । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका–९...