समाज/संस्कृति
सुन्तलीको बिलौना: मानसिक रुपमा विक्षिप्त श्रीमान्लाई हेरौँ कि छोरीको उपचार गरौँ ?
काठमाडौँ । कलाकार कुञ्जना घिमिरे सुन्तलीले आफ्नो पारिवारिक पीडा सामाजिक सञ्जालमा सेयर गरेकी छन् । चितवनस्थित क्रिकेट रंगशाला निर्माण गर्ने योजनाका साथ अघि बढेका श्रीमान् सीताराम कट्टेल धुर्मुस मानसिक रुपमा विक्षिप्त भएको र छोरी शुविहानीको लगातार उपचार चलिरहेको खुलाएकी छन् ।
सुन्तलीका अनुसार छोरी शुविहानी जन्मेको १६ दिनमै मेनेन्जाइटिसको शिकार बनेका कारण घुँडाको हड्डीमा समेत इन्फेक्सन भएको र उनको उपचार लगातार चलिरहेको भन्दै उनले हालै पाटन हस्पिटलमा एक महिना उपचार गराएर फर्किएको जनाएकी छन् । कुञ्जनाले रंगशालाका कारण आफ्नो पारिवारिक जीवन तनावपूर्ण बनाएको, दोस्रोपटक आमा बन्नबाट खोसेको उल्लेख गर्दै सरकारले छुट्याएको बजेट निकासा गर्नलाई एउटा हाकिमलाई के ले अप्ठ्यारो बनायो ? भनि प्रश्न पनि गरेकी छन् । उनले लेखेकी छन्, ‘रंगशाला डेढ दिनमा लिन भ्याउने, त्यो बनाउँदा बाँकी रहेको तिरो चाँही तिर्न नपर्ने ? कस्तो अपराध गरेछौं नी हामीले’
उनले लेखेकी छन्,
घरी यताबाट पत्र, घरी उताबाट पत्र गरेर ५ वर्ष एउटा परिवारको जीवन अलपत्र पारेर सकाइदियोले। अझ फेरि अर्को पत्र चाहियो रे , आजसम्म यहाँहरू कसैलाई थाहा नभएको आफ्नो व्यक्तिगत समस्या सकभर नभनु भन्दा पनि भन्नै पर्ने अवस्था आयो । शुविहानीको उपचार जन्मेको १६ दिनदेखि म्यानेन्जाइटिस् जस्तो प्राणघातक रोगको शिकार भई सँगसँगै घुँडाको हड्डीमा समेत इन्फेक्सन भएर एउटा खुट्टाको घुँडाको कुर्कुरे हड्डी खाइसकेर उसको हाइट जति समयसम्म बढ्छ त्यति समयसम्म डाक्टरको निगरामी राखेर गर्नुपर्ने लामो समयसम्मको उपचारको नतिजा लिएर पाटन हस्पिटलको एक महिनाको बसाई सकेर घर फर्केका थियौं । हामी १२ वर्ष अगाडि। समाजिक कामसँगै छोरीको स्वास्थ्य रेखदेख हामी र हाम्रो दिदी भेनाले गर्दै नै आएका थियौं ।
आज छोरी १२ वर्षको पुगेर अब फाल्गुनमा १३ लाग्छिन् । उनको पहिलो रजस्वला हुने समय भइसक्यो र अब उनको हाइटको ग्रोथ कसरी हुन्छ भन्नै सकिँदैन । अहिले शुविहानीको दाहिने खुट्टा देब्रे खुट्टा भन्दा ७ सेन्टिमिटर सानो छ। उनी ४ वर्षको हुँदा उनको दाहिने खुट्टा छड्के भएर नबढोस् भनेर साइडबाट बढ्ने हड्डी रोक्न दाहिने घुँडामा अप्रेसन गरेर भित्र स्टिल राखिएको थियो । जुन स्टिल निकाल्न अनि छोटो खुट्टाको हड्डी तन्काउने उपचार गर्न ३,४ वर्षै ढिला भइसकेको छ ।
ताजा समाचार
२४ घण्टाभित्र देशका विभिन्न ७ स्थानमा आगलागी
काठमाडौँ । सुक्खायाम सुरु भएसँगै देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकर...
पर्यटकले गुल्जार गाभर भ्याली, जहाँ नजिकै देख्न पाइन्छ बाघ
काठमाडौँ । बाघ, हात्ती र चितुवा लगायतका बन्यजन्तु सजिलै हेर्न सकिने भएकाले बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली...
भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू
काठमाडौँ । सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि राष्ट्रिय भवन संहिता कोडलाई परिमार्जन गरी लागू गरेको छ । पुरानो...
विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस मनाइँदै
काठमाडौँ । विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस नेपालसहित विश्वका विभिन्न देशमा मनाइँदैछ। मधुमेहको जोख...
अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
काठमाडौँ । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक आईजीपी र अन्य सम्ब...
त्रिविको जग्गा अतिक्रमणमा अख्तियारले थाल्यो छानबिन
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय त्रिविको नाममा रहेको हजारौँ रोपनी जग्गा हिनामिना र अतिक्रमणको आरोपमा अख्तियार दुरुपय...


