आइतबार, २५ असोज २०८३
नेपाली

समाज/संस्कृति

Main News Image

झिलिमिली बत्तीले सिंगारिए काठमाडौंका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ  । दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौं उपत्यकाका विभिन्न मठमन्दिर तथा शक्तिपीठ झिलिमिली बत्तीले सिंगारिएका छन् । चाडपर्वलाई उल्लासमय बनाउने उद्देश्यले मन्दिर परिसरदेखि आसपासका सडकसम्म विभिन्न रङका बत्तीले सजावट गरिएपछि धार्मिकस्थलको सौन्दर्य थपिएको छ । साँझ परेसँगै झिलिमिली बत्तीले उज्यालिएका मन्दिरमा दर्शन तथा पूजाआजाका लागि आउने भक्तजनको चहलपहल पनि बढ्न थालेको छ ।

काठमाडौंका मैतीदेवी, नक्साल भगवतीलगायतका प्रमुख मन्दिरमा गरिएको आकर्षक सजावटले धार्मिक क्षेत्रलाई थप रमणीय बनाएको छ । दिनभर पूजाआजाका लागि भक्तजन आउने गरे पनि साँझको समयमा बत्तीको उज्यालोमा मन्दिरको दृश्यावलोकन गर्ने, देवीदेवताको दर्शन गर्ने र परिवार तथा आफन्तसँग समय बिताउनेको उपस्थिति बढेको छ । झिलिमिली बत्तीले सिंगारिएका मन्दिर परिसर चाडपर्वको उल्लास र धार्मिक आस्थाको प्रतीकका रूपमा देखिन थालेका छन् ।

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादसैँ आज आइतबारदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल...

भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १ हजार ४५७ पुग्यो

काठमाडौँ । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १ हजार ४५७ पुगेको छ। प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढ...

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा बसपार्कमै रोकिए लामो तथा छोटो दूरीका सवारीसाधन

काठमाडौँ । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोंगबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो तथा छोटो दूरीका सवारीसाधन बसपार्कभित्रै रोकिएका छन् । सडक अवरुद्...

काठमाडौंका ६ स्थानमा ग्यास बिक्री गरिने, सिलिन्डर पनि साँटफेर हुने

काठमाण्डौँ । काठमाडौँ उपत्यकामा खाने पकाउने ग्यासको अभाव भएपछि घटस्थनापनादेखि ६ स्थानमा बिक्री गरिने भएको छ ।  ग्यासको आपूर्तिलाई सहज बनाउन अस...

दसैँको साइत_कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम

२१ असोज, काठमाडौँ । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्य...

दसैंका लागि अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुल्ने

काठमाडौँ । दसैंमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न असोज २३ गतेदेखि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ। यातायात व्यवस्थ...