समाज/संस्कृति
हिम्लुङ हिमपहिरो : थप ८ जनाको शव भेटियो, मृतकको संख्या १५ पुग्यो
मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका ५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी हराइरहेकामध्ये बिहीबार थप आठ जनाको शव भेटिएको छ। योसँगै गत असोज ११ गते गएको हिमपहिरोमा परी ज्यान गुमाउने आरोहीको संख्या १५ पुगेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार बिहान चार र दिउँसो थप चार जनाको शव फेला परेको हो। यसअघि सात जनाको शव भेटिइसकेको थियो। घटनामा अझै एक जना हराइरहेका छन् ।
नेपाली सेनाको हेलिकप्टरमार्फत फेला परेका शवहरूमध्ये दुई वटा सदरमुकाम चामे र छ वटा फूगाउँसम्म ल्याइएको छ । ‘रात परेकाले हेलिकप्टर उडान सम्भव भएन। बाँकी शवहरू शुक्रबार चामे ल्याइनेछ,’ सहायक प्रजिअ पौडेलले भने ।
ताजा समाचार
६४८ आरोहीलाई हिमाल आरोहणको अनुमति
काठमाडौँ । शरद् ऋतु सन् २०२६ का लागि नेपालका विभिन्न हिमाल आरोहण गर्न अहिलेसम्म ६४८ जना आरोहीलाई अनुमति दिइएको छ । पर्यटन विभागले सार्वजनिक गरेको प...
पहिरोले मनकामना सडक प्रभावित, केबलकार सेवा भने सञ्चालनमा
काठमाडौँ । मनकामना पहुँच मार्गको दोस्रो घुम्ती मुनि पहिरो गएपछि मनकामना जाने सडकमा सवारी आवागमन केही प्रभावित भएको छ। यद्यपि, मनकामना मन्दिर दर्शन...
बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जना अस्ताए
काठमाडौँ । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार निसीखोला गाउँपालिका...
नारायणी नदीले खतराको तह नाघ्यो, तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आ...
काठमाडौँ । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको उच्च जोखिम सिर्जना भएको छ । जल तथा ऊर्...
सोह्र श्राद्ध आजबाट सुरु
काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदै छ । आरम्भका दिन आज प्रतिपद...
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाराजगन्जस्थित निवासबाटै पक्राउ
काठमाडौँ । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेका छन्। उनलाई महाराजगन्जस्थित आफ्नै निजी निवासबाट प्रहरीले नियन्त्रण...


