सोमबार, २६ असोज २०८३
नेपाली

समाज/संस्कृति

Main News Image

आजदेखि लगातार पाँच दिन सार्वजनिक बिदा

काठमाडौँ । सरकारले  सोमबार र परसी मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै देशभर लगातार पाँच दिन सार्वजनिक बिदा हुने भएको छ । यसअघि श्रीकृष्ण जन्माष्टमी र नियमित सातान्त बिदाका कारण तीन दिन बिदा हुने तय भएकोमा मन्त्रिपरिषद्को पछिल्लो निर्णयले दुई दिन बिदा थपिएको हो ।

मन्त्रिपरिषद् बैठकका निर्णयअनुसार रसुवा केन्द्रविन्दु भई भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते ९सोमबार० राष्ट्रिय शोक दिवस मनाउँदै सार्वजनिक बिदा दिइने भएको छ ।

हिन्दु परम्पराअनुसार विपद्को १३औँ दिन पारेर सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।  उक्त दिन देशभरका सरकारी कार्यालयका साथै विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय ध्वजा आधा झुकाइनेछ । त्यसैगरी, भदौ २३ गते मङ्गलबार ‘जेनजी सहिद दिवस’ को अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ ।

यस निर्णयसँगै शुक्रबार श्रीकृष्ण जन्माष्टमी, शनिबार र आइतबार नियमित बिदा, सोमबार राष्ट्रिय शोक दिवस र मंगलबार जेनजी दिवस गरी सर्वसाधारण तथा सरकारी कर्मचारीहरूले लगातार पाँच दिनको बिदा पाउने भएका छन् ।


देशभर श्रद्धा र भक्तिपूर्वक श्रीकृष्णजन्माष्टमी मनाइँदै

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीहरूले आज देशभर भगवान् श्रीकृष्णको पूजा(आराधना गरी ‘श्रीकृष्णजन्माष्टमी’ पर्व मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्...

भदौ २२ गते सार्वजनिक बिदा !

काठमाण्डौँ । बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी छोनामको अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको...

लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो, २५ जना अझै सम्पर...

रसुवा । रसुवास्थित २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरङभित्रबाट दुई जनाको शव निकालिएको छ । सुरङमा खोजी तथा उद्धारमा खटिएको नेपा...

पाठ्यपुस्तक छपाइ ठप्प, आगामी शैक्षिक सत्र प्रभावित हुने जोखिम

काठमाडौँ । सरकारको ढिलासुस्तीका कारण आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइको कार्य पूर्ण रूपमा प्रभावित बनेको छ । सरकारले विद्यालय शिक्षाको पा...

सुनकोशी, बुढीगण्डकी लगायतका नदीमा जलसतहले सतर्कता तह पार गर्यो, सतर्कता अपनाउन आ...

काठमाडौँ । देशका विभिन्न भागमा भइरहेको वर्षासँगै ठूला नदीहरूमा पानीको बहाव बढेर सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान...

बाढी प्रभावित क्षेत्रमा प्रविधिसहित आठ हजार प्रहरी तैनाथ, अस्पताल र विमानस्थलमा...

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नागरिकको खोजी, जनधनको सुरक्षा, उद्धार तथा राहत व्यवस्थापनका लागि सरकारले आठ हजा...