पृथ्वी राजमार्ग अवरुद्ध हुँदा बसपार्कमै रोकिए लामो तथा छोटो दूरीका सवारीसाधन
काठमाडौँ । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोंगबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो तथा छोटो दूरीका सवारीसाधन बसपार्कभित्रै रोकिएका छन् । सडक अवरुद्ध हुनुका साथै वैकल्पिक मार्गमा समेत सवारी चाप बढेपछि यातायात सञ्चालनमा समस्या भएको हो ।
पृथ्वी राजमार्ग बन्द भएपछि काठमाडौंलाई हेटौंडासँग जोड्ने कान्तिलोकपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको थियो । तर, उक्त सडकमा पनि सवारीसाधनको चाप बढेपछि थप समस्या उत्पन्न भएको छ । त्यसपछि नयाँ बसपार्कबाट छुट्ने सवारीसाधनलाई बसपार्कमै होल्ड गरिएको छ ।
सवारीसाधन रोकिँदा दसैँ मनाउन घर फर्किन लागेका यात्रुहरू मर्कामा परेका छन् । अग्रिम टिकट लिएर बसपार्क पुगेका यात्रुहरू समेत यात्रा अनिश्चित भएपछि अन्योलमा परेका छन् । बसपार्कमा यात्रुको भीड बढ्दै जाँदा गन्तव्यमा पुग्ने समयबारे यात्रुहरू अन्योलमा छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
आज घोडेजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वनजिक विदा
काठमाडौँ । आज घोडेजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाडौँ उपत्यकामा घोडेजात्रा मनाउने गरिएको छ । नेपाली सेनाबाट आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गर्नेछ । टुँडि...
मौसम महाशाखाको विशेष बुलेटिन : देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । आज रातिदेखि बुधबार कात्तिक १२ बिहानसम्म वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो । यो अवधिमा कर्णाली प्रदेशका क...
आज राष्ट्रिय शोक
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाक...
सहरी संस्कृति भित्रिएपछि हराउन थाल्यो गाउँको मौलिकता
बागलुङ । सडकले नजोडिएका बागलुङका ग्रामीण क्षेत्र कमै छन् । केही गाउँ जोडिने क्रममा छन् । सडकले जोडिएपछि ग्रामीण क्षेत्रमा विस्तारै विकास पनि हुँदैछ, तर मौलिकता भने टुट्दैछन् । पूर्व पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झु...
एनआरएनएबीच एकता घोषणा
काठमाडौं। गैर आवासीय नेपाली संघ एनआरएन बीच एकता सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र डा बद्री केसीले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । एनआरएन...
काठमाडौंका ६ स्थानमा ग्यास बिक्री गरिने, सिलिन्डर पनि साँटफेर हुने
काठमाण्डौँ । काठमाडौँ उपत्यकामा खाने पकाउने ग्यासको अभाव भएपछि घटस्थनापनादेखि ६ स्थानमा बिक्री गरिने भएको छ । ग्यासको आपूर्तिलाई सहज बनाउन असोज २५ देखि ३१ गतेसम्म ६ स्थानबाट ग्यास बिक्री गर्न लागिएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ ।...



