आइतबार, ०८ कात्तिक २०८३
नेपाली

काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

Main News Image

काठमाडौँ । काठमाडौंका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशिल, महत्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार भएको हो ।

मन्त्रालयका अनुसार यसअघि नै वाइफाइ इन्टरनेट सेवा उपलब्ध भएका स्थानमा मर्मतसम्भार, गुणस्तर वृद्धि र क्षमता विस्तार गरिएको छ भने तीन निर्माणाधीनसहित आठ स्थानमा नयाँ जडान गरिएको हो । मन्त्रालयका अनुसार अब काठमाडौंको नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ स्थापना र क्षमता विस्तारसहित सञ्चालनमा वाइफाइ सेवा उपलब्ध हुनेछ ।

साथै काठमाडौंको ठूलो भर्‍याङ यातयात व्यवस्था कार्यालय र ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा स्थापना र क्षमता अभिवृद्धिको काम भइरहेको छ। भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयमा नयाँस्थापनाको क्रममा रहेको मन्त्रालयको भनाइ छ ।

निःशुल्क वाइफाइको निरन्तरता र दिगोपनाका लागि सम्बन्धित संस्थाले सेवाप्रदायक कम्पनीसँग सम्झौता भइसकेको छ । नेपाल टेलिकम, वल्र्डलिंक र भायनेट कम्पनीले निःशुल्क वाइफाइ इन्टरनेट स्थापनाका लागि सहकार्य गरेका छन् । सञ्चारमन्त्री खरेलको विशेष सक्रियतमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सेवाप्रदायक कम्पनीसँगको समन्वयमा निःशुल्क वाइफाइ इन्टरनेटको पहुँच विस्तार गरेको हो ।

 

mediabaaji add

सम्बन्धित खबर

नौबिसे–मलेखु खण्डको २७ किलोमिटर सडक निर्माण सम्पन्न

काठमाडौँ । नागढुङ्गा–मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत नौबिसे–मलेखु खण्डको निर्माण कार्यले तिव्रता पाएको छ । कुल ४३ किलोमिटर लम्बाइ रहेको यस दोस्रो खण्डमा हालसम्म २५ किलोमिटर कालोपत्रे र दुई किलोमिटर ढलान रिजिड पेभमेन्ट गरी कुल २७ किलोमिटर सडक न...

गीता जयन्ती पर्व मनाइँदै

काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदै छ । वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने...

त्रिशूलीमा फेला परेका पहिचान नखुलेका शव डिएनए नमुना लिएर चैनपुर जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली । भोटेकोशीमा आएको भीषण बाढीका कारण देवघाटस्थित त्रिशूली नदीमा फेला परेका तर हालसम्म पहिचान हुन नसकेका शवहरू व्यास नगरपालिका ५ स्थित चैनपुर जङ्गल क्षेत्रमा व्यवस्थापन गरिने भएको छ ।

भविष्यमा आफन्तले दाबी गर्न आएमा पहिचान गर्न सकिने गरी...

रसुवा भोटेकोशी बाढी : ५४७ शव फेला, २७ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले २०८३ भदौ १२ गते दिउँसो ३ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा ४ हजार ४७३ जना प्रहरी परिचालन गरिएको जनाएको छ...

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

जनकपुर । तिहार समाप्त भएसँगै जनकपुरधामसहित तराई मधेशमा छठ पर्वको तयारी सुरु भएको छ। भव्यताका साथ मनाईने छठ पर्वका लागि जनकपुरधामका पोखरी र घाटहरु सजाउने कार्य भइरहेको छ । जनकपुरधाममा छठ पर्व नेपालको सबैभन्दा प्रसिद्ध म...

आज दशैं टीकाको तेस्रो दिन : मान्यजनको हातबाट टीका-जमरा थाप्ने क्रम जारी

काठमाडौँ । विजयादशमीका दिनदेखि सुरु भएको दशैँको टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज द्वादशीका दिन पनि जारी रहेको छ। रातो टीका र पहेँलो जमरा सिउरिएर मान्यजनबाट शुभ आशीर्वाद लिन नेपालीहरू टाढ-टाढासम्म यात्रा गरिरहेका छन् । बडादशैँको मुख्य दिन...