बिहिबार, १२ कात्तिक २०८३
नेपाली

मौसम पूर्वानुमान : देशका ६ प्रदेशमा वर्षाको सम्भावना, सुदूरपश्चिममा लू चल्ने

Main News Image

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिकै बनेको न्यून चापीय क्षेत्र गरी तीनवटा मौसमी प्रणालीको प्रभाव रहेको छ। यसकै कारण अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा मौसम बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जनसहित पानी परिरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत अन्य पहाडी तथा हिमाली क्षेत्रमा मौसम सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रका साथै मधेस प्रदेश र लुम्बिनी तथा कर्णाली प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम स्तरको वर्षा हुने अनुमान छ। लुम्बिनीको तराई क्षेत्रमा आंशिक बदली रहे पनि बाँकी तराईको मौसम मुख्यतया सफा रहनेछ।

यसैबीच, वर्षाको सम्भावना नभएका सुदूरपश्चिम प्रदेशका पहाड तथा तराईमा आज तातो हावा लू चल्ने तथा लुम्बिनी प्रदेशमा अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम सामान्यतया बदली नै रहनेछ भने ती प्रदेशका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ। देशका बाँकी भूभागमा भने मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।


mediabaaji add

सम्बन्धित खबर

अरूण नदीमाथिको बेलिब्रिज भत्किँदा मकालु जाने मुख्य मार्ग अवरुद्ध

काठमाडौँ । संखुवासभाको मकालु गाउँपालिका–नुमबाट सेदुवा जोड्ने अरूण नदीमाथिको बेलिब्रिज शनिबार बिहान भत्किएको छ । निर्माण सामग्री बोकेको हेभी सवारीसाधन पुल पार गर्ने क्रममा संरचना गाडीसहित भाँचिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी कुमारप्रस...

काठमाडौं महानगरद्वारा १०७ विद्यालय खारेज गर्ने तयारी, सम्पर्कमा आउन १५ दिने अल्टिमेटम

काठमाडौँ । काठमाडौं महानगरपालिकाले भौतिक रुपमा सञ्चालनमा नरहेका एकसय सातवटा विद्यालय खारेज गर्ने तयारी गरेको छ । मंगलबार सूचना पकाशित गर्दै महानगरले यस्ता विद्यालयलाई १५ दिनभित्र शिक्षा विभागमा सम्पर्क गर्न अल्टिमेटम दिएको छ । काठमाडौं महानगरपालिक...

२९ वैशाखभित्र एसईईको नतिजा सार्वजनिक हुने

 काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा एसईईको १ महिनाभित्र नतिजा सार्वजनिक गर्नेगरी इन्ट्रीको काम गरिरहेको छ । बोर्डले २९ वैशाखभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार जिल्ल...

देशका विभिन्न स्थानमा वर्षा, केही पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान

काठमाण्डौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रद...

सडक विभागले बनायो ‘टास्क फोर्स’, राजमार्गका पहिरो पन्छाउन १५५ उपकरण

काठमाडौँ  । बर्खा सुरु भएसँगै पहिरो हटाउन देशभर राजमार्गको विभिन्न खण्डमा १ सय ५५ वटा उपकरण परिचालन गरिएको छ। थप १ सय २२ उपकरण तैनाथ राखिएको छ। सडक विभागअन्तर्गत यान्त्रिक महाशाखाले पहिरोको जोखिम रहेका राजमार्गमा पहिरो खस्नासाथ पन्छाउन मिल्ने...

नौ दिनपछि खुल्यो ताक्सुगाडमा बाढीले बगाएको भेरी करिडोर, पुनः अवरुद्ध हुने जोखिम कायमै

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को सीमाक्षेत्र ताक्सुगाडमा बाढीले बगाएको भेरी करिडोरअन्तर्गतको सडक नौ दिनपछि सञ्चालनमा आएको छ। बाढीले सडकसँगै पुल र चारवटा घर बगाएपछि अवरुद्ध बनेको जाजरकोट–डोल्पा सडकखण्ड नलगाड नगरपालिकाको समन्वयमा भेरी...