मौसम पूर्वानुमान : देशका ६ प्रदेशमा वर्षाको सम्भावना, सुदूरपश्चिममा लू चल्ने
काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिकै बनेको न्यून चापीय क्षेत्र गरी तीनवटा मौसमी प्रणालीको प्रभाव रहेको छ। यसकै कारण अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा मौसम बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जनसहित पानी परिरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत अन्य पहाडी तथा हिमाली क्षेत्रमा मौसम सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रका साथै मधेस प्रदेश र लुम्बिनी तथा कर्णाली प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम स्तरको वर्षा हुने अनुमान छ। लुम्बिनीको तराई क्षेत्रमा आंशिक बदली रहे पनि बाँकी तराईको मौसम मुख्यतया सफा रहनेछ।
यसैबीच, वर्षाको सम्भावना नभएका सुदूरपश्चिम प्रदेशका पहाड तथा तराईमा आज तातो हावा लू चल्ने तथा लुम्बिनी प्रदेशमा अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम सामान्यतया बदली नै रहनेछ भने ती प्रदेशका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ। देशका बाँकी भूभागमा भने मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल तराई भूभाग तथा उपत्यकाहरूमा तुवाँलो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल ल...
हिमाली र पहाडी भू-भागमा आंशिक बादल , तराई क्षेत्रमा तातो लहरको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली र पहाडी भूभागमा बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अन...
वीरगञ्जको सम्पदा जोगाउन काठमाडौंमा प्रदर्शन
काठमाडौँ । काठमाडौंको माइतीघर मण्डलामा वीरगञ्जको ऐतिहासिक तथा प्राचीन सम्पदा संरक्षणको माग गर्दै विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनकारीहरूले ‘वीरगञ्जमा डोजर आतंक बन्द गर’, ‘वीरगञ्जको ऐतिहासिक प्राचीन सम्पदा मास्न पाइदैन’ लेखिएका पम्प्लेट बोकेर विर...
मौसम : एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात
काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम स...
काठमाडौंको तापक्रम ३.० डिग्रीमा झर्यो !
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकामा चिसो बढेको जनाएको छ । काठमाडौं उपत्यकामा यस वर्षकै चिसो महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागको अद्यावधिक विवरणअनुसार सोमबार बिहान कीर्तिपुरको तापक्रम ३.० ड...
आज यी स्थानमा ठुलो वर्षाको सम्भावना
काठमाण्डौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ। ती आसपासका क्षेत्रमा थप वर्षा हुन...



