मौसम पूर्वानुमान : देशका ६ प्रदेशमा वर्षाको सम्भावना, सुदूरपश्चिममा लू चल्ने
काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिकै बनेको न्यून चापीय क्षेत्र गरी तीनवटा मौसमी प्रणालीको प्रभाव रहेको छ। यसकै कारण अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा मौसम बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जनसहित पानी परिरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत अन्य पहाडी तथा हिमाली क्षेत्रमा मौसम सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रका साथै मधेस प्रदेश र लुम्बिनी तथा कर्णाली प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम स्तरको वर्षा हुने अनुमान छ। लुम्बिनीको तराई क्षेत्रमा आंशिक बदली रहे पनि बाँकी तराईको मौसम मुख्यतया सफा रहनेछ।
यसैबीच, वर्षाको सम्भावना नभएका सुदूरपश्चिम प्रदेशका पहाड तथा तराईमा आज तातो हावा लू चल्ने तथा लुम्बिनी प्रदेशमा अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम सामान्यतया बदली नै रहनेछ भने ती प्रदेशका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ। देशका बाँकी भूभागमा भने मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
बाढीको कारण हिउँ–चट्टानको हिम पहिरो, तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह
काठमाडौँ । रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठुलो जनधनको क्षति पुर्याएको छ । भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी, गेग्रान र ठुला ढुङ्गासहितको शक्तिशाली बाढी बगेपछि तल्लो तटीय क्षेत्रमा थप असर पर्न सक्ने भन्दै विज्ञहरूले सजगता अ...
काठमाडौंमा तीव्र रूपमा घट्दै तापक्रम, आज कति छ न्यूनतम ?
काठमाडौँ । केही दिनयता देशभर न्यूनतम तापक्रम घट्दै गएको र चिसो बढ्दो क्रममा रहेको मौसमविद्ले बताएका छन्। यस क्रममा काठमाडौँ उपत्यकाको तथ्यांक हेर्दा दुई हप्ताकै अवधिमा न्यूनतम तापक्रम झन्डै ५ डिग्री सेल्सियस घटिसकेको छ ।
बुधबार बिहान ५:४५ बज...
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार...
एक वर्षमा सात हजार ६४८ विपद्का घटना : सबैभन्दा बढी आगलागीका
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षको अवधिमा कुल सात हजार ६४८ वटा विपद्का घटना हुँदा आगलागी र डढेलोसँग जोडिएका घटना सबैभन्दा बढी छन् । कुल विपद्का घटनामा सबैभन्दा धेरै आगलागीका घटना हुनुले पनि सावधा...
बढ्यो तापक्रम, काठमाडौँको सुरुवाती न्यूनतम तापक्रम १६ डिग्रीभन्दा माथि
काठमाडौँ । उपत्यकाको तापक्रम दिनदिनै बढिरहेको छ । यस क्रममा आज काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम १६ डिग्री सेल्सियसभन्दा माथि उक्लिएको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम...
कतारबाट नेपाल फर्कन चाहने नेपालीहरुलाई सम्पर्क गर्न दूतावासको अनुरोध
काठमाडौँ । नेपाली दूतावास कतार, दोहाले नेपाल फर्कन चाहने नेपालीहरुलाई सम्पर्क गर्न अनुरोध गरेको छ । मध्यपूर्वको तनावका कारण घर फर्किन चाहने कतारमा रहेका नेपालीलाई दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
दूतावासले भिसा केन्द्रको फोन नम्बरसमेत...



