बिहिबार, १२ कात्तिक २०८३
नेपाली

मौसम पूर्वानुमान : देशका ६ प्रदेशमा वर्षाको सम्भावना, सुदूरपश्चिममा लू चल्ने

Main News Image

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिकै बनेको न्यून चापीय क्षेत्र गरी तीनवटा मौसमी प्रणालीको प्रभाव रहेको छ। यसकै कारण अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा मौसम बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जनसहित पानी परिरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत अन्य पहाडी तथा हिमाली क्षेत्रमा मौसम सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रका साथै मधेस प्रदेश र लुम्बिनी तथा कर्णाली प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम स्तरको वर्षा हुने अनुमान छ। लुम्बिनीको तराई क्षेत्रमा आंशिक बदली रहे पनि बाँकी तराईको मौसम मुख्यतया सफा रहनेछ।

यसैबीच, वर्षाको सम्भावना नभएका सुदूरपश्चिम प्रदेशका पहाड तथा तराईमा आज तातो हावा लू चल्ने तथा लुम्बिनी प्रदेशमा अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम सामान्यतया बदली नै रहनेछ भने ती प्रदेशका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ। देशका बाँकी भूभागमा भने मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।


mediabaaji add

सम्बन्धित खबर

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास, यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । हाल नेपालमा मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको हिमाली र पहाडी भूभागमा साधारणतया बदली आकाशमा बादल रहनेछ भने तराई भूभागमा आंशिक बदली रहनेछ...

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ । अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। पछिल्लो दुई दिनमा पहिरोले जिल्लामा ठूलो मानवीय क्षति पुर्‍याएको छ । आइतबार मात्रै तमानखोला र निसीखोला गाउँपालिकामा ९ जनाको मृत्यु भएको छ भने एक जना...

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्...

पश्चिमी भूभागमा आज र भोलि वर्षाको गतिविधि अझै बढ्ने, अन्यत्र के हुन्छ ?

काठमाण्डौँ । देशका अधिकांश भूभागमा अहिले वर्षा भइरहेको छ । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी र लुम्बिनी आसपासका क्षेत्रमा भने...

रसुवा बाढी : सद्गुरु समूहका ८० तीर्थयात्री सम्पर्कविहीन

११ भदौ, काठमाडौँ । आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेव समूहका ८० जना विदेशी तीर्थयात्री सम्पर्कविहीन भएका छन् । एक भिडियो सन्देशमा सद्गुरुले दिएको जानकारी अनुसार, सम्पर्कविहीन हुनेमा अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायत, जर्मनी, फ्रान्स, नेपालस...

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

काठमाडौँ । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने बताएको छ । महाशाखाले आज साँझ विशेष मौसम बुलेटिन जारी गर्दै मधेस, कोशी, बागमती, गण्डकी, लुम्ब...