अरूण नदीमाथिको बेलिब्रिज भत्किँदा मकालु जाने मुख्य मार्ग अवरुद्ध
काठमाडौँ । संखुवासभाको मकालु गाउँपालिका–नुमबाट सेदुवा जोड्ने अरूण नदीमाथिको बेलिब्रिज शनिबार बिहान भत्किएको छ । निर्माण सामग्री बोकेको हेभी सवारीसाधन पुल पार गर्ने क्रममा संरचना गाडीसहित भाँचिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी कुमारप्रसाद मैनालीले जानकारी दिए ।
स्थानीयका अनुसार पुल पार गर्ने क्रममा एक्कासी संरचना चिरिएर ढलेपछि नुम–सेदुवा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। पुल भत्किएसँगै उक्त क्षेत्रमा आवतजावत ठप्प बनेको छ । यसै मार्ग हुँदै प्रसिद्ध पर्यटकीय गन्तव्य मकालु बेस क्याम्प जाने–आउने गरिन्छ। घटनापछि स्थानीय बासिन्दा, पर्यटक तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा प्रत्यक्ष असर परेको छ ।
प्रहरीका अनुसार घटनामा मानवीय क्षति भएको छैन । तर पुल पूर्ण रूपमा क्षतिग्रस्त भएकाले तत्काल सञ्चालनमा ल्याउन नसकिने बताइएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
बैशाख १ देखि काठमाडौँमा रात्रिकालीन बस सेवा सुरु, ८ देखि ११ बजेसम्म सञ्चालन
काठमाडौँ । साझा यातायात ले आगामी वैशाख १ गतेदेखि काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। बेलुका ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने यो सेवा प्रारम्भमा ७ वटा बसमार्फत सञ्चालन गरिनेछ ।
सेवा सुरु गर्नुअघि रुट परीक्षणका क्रममा...
यती एयरलाइन्सको आजका उडान स्थगित
काठमाडौँ । यती एयरलाइन्सले आज २१ फागुनको सबै उडान स्थगित गरेको छ । प्रतिनिधिसभा निर्वाचन परेकाले उडान स्थगित गरेको जनाएको हो । कम्पनीले सूचना जारी गर्दै आज उडान नहुने बताएको हो । निर्वाचन आयोगले भने यसपालि आन्तरिक उडान निरन्तर राख्ने निर्णय गरेको...
बढ्यो तापक्रम, काठमाडौँको सुरुवाती न्यूनतम तापक्रम १६ डिग्रीभन्दा माथि
काठमाडौँ । उपत्यकाको तापक्रम दिनदिनै बढिरहेको छ । यस क्रममा आज काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम १६ डिग्री सेल्सियसभन्दा माथि उक्लिएको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम...
मतदानको दिन देशका अधिकांश भागमा मौसम सफा
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ । साथै मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी प्रदेशका हिमाली, पह...
रोशी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा
रामेछाप । रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । शनिबार बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको उक्त राजमार्ग सोमबार साँझबाट सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बगाएको स्थानमा पुनः अस्थ...
वैशाख १० सम्म तातो लहर चल्ने, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आगामी वैशाख १० गते बिहीबारसम्म देशका तराई र पहाडका विभिन्न जिल्लाहरूमा तातो दिन तथा तातो लहर अर्थात् हिट वेभको सम्भावना रहेको भन्दै नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसमविद्...



