चुनावी यात्रामा बेहोस भएका बालेनको टोलीका सदस्य दिनेश सिटौलाको अवस्था चिन्ताजनक
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनसँगै चुनाव प्रचारमा खटिँदा ‘ब्रेन हेमरेज’ भएर उपचार गराइरहेका दिनेश सिटौलाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । दुई दिनदेखि काठमाडौँको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको आईसीयू भेन्टिलेटरमा राखेर सिटौलाको उपचार भइरहेको छ। उनको स्वास्थ्य चिन्ताजनक रहेको अस्पतालले जनाएको हो ।
रास्वपाका वरिष्ठ नेता शाहसँगै सुदूरपश्चिम भ्रमणका क्रममा अछाम पुगेका सिटौला माघ १६ गते बिहान बेहोस भएर ढलेका थिए। उनलाई अछामबाट हेलिकप्टरमार्फत टोखास्थित ग्रान्डी इन्टरनेसनल अस्पताल ल्याइएको थियो ।
बेहोस भएर ढलेपछि सिटौलालाई अछाम जिल्ला अस्पताल लगिएको थियो । जिल्ला अस्पतालमा ४५ मिनेट सीपीआर दिइएको थियो। मुटुको चाल फर्किएपछि कृत्रिम श्वास दिएर सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको थियो । त्यहाँबाट हवाइ जहाजमार्फत काठमाडौँमा ल्याएको थियो । अस्पताल ल्याउँदा नै उनी बेहोस थिए । आईसीयू भेन्टिलेटरमा रहे पनि होस नखुलेकाले थप उपचार प्रक्रिया अगाडि बढ्न नसकेको अस्पतालले जनाएको छ । अस्पताल स्रोतका अनुसार अस्पताल ल्याउदा नै उनको स्वास्थ्य अवस्था गम्भीर रहेको थियो । अस्पतालमा ल्याउँदा नै उनी बेहोस रहेका थिए । आईसीयूमा राखेर होसमा ल्याउने प्रयास गरिए पनि सफल नभएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
१६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिजको संख्या १८ जोडी
म्याग्दी । कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । सङ्घले हालै मुुस्ताङ...
सैपाल केन्द्रविन्दु भएर गयो भूकम्प
बाजुरा । बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । छिमेकी जिल्ला बझागको सैपाल हिमालमा केन्द्रविन्दु बनाएर आइतबार मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर...
मेलम्चीको पानी पूर्ण रूपमा रोकियो
काठमाडौँ । आफ्ना माग पुरा नभएको भन्दै भेण्डर, मेलम्ची बाढी पीडितलगायतका समितिहरुको समूहले मेलम्ची खानेपानी काठमाडौँ पथान्तरण बन्द गरेका छन् । मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्रमा बिहीबार स्थानीयवासीले काठ...
आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
काठमाडौँ । आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस हो । विश्व माटो दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसंघको आह्वान प्रायः सबै यसका सदस्य राष्ट्रमा हरेक वर्ष मनाइन्छ । स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स...
दसैँको साइत_कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम
२१ असोज, काठमाडौँ । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान ०८ः४९ बजे देवी विसर्जन गरी १०ः२६ बजेको शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका...
वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज
काठमाडौँ । वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज गरिएको छ । यसअघि परीक्षण शुल्क छ हजार ५०० बाट बढाएर नौ हजार ५०० पुर्याएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले शुल्क वृद्धि खारेज गर्दै...



