चुनावी यात्रामा बेहोस भएका बालेनको टोलीका सदस्य दिनेश सिटौलाको अवस्था चिन्ताजनक
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनसँगै चुनाव प्रचारमा खटिँदा ‘ब्रेन हेमरेज’ भएर उपचार गराइरहेका दिनेश सिटौलाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । दुई दिनदेखि काठमाडौँको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको आईसीयू भेन्टिलेटरमा राखेर सिटौलाको उपचार भइरहेको छ। उनको स्वास्थ्य चिन्ताजनक रहेको अस्पतालले जनाएको हो ।
रास्वपाका वरिष्ठ नेता शाहसँगै सुदूरपश्चिम भ्रमणका क्रममा अछाम पुगेका सिटौला माघ १६ गते बिहान बेहोस भएर ढलेका थिए। उनलाई अछामबाट हेलिकप्टरमार्फत टोखास्थित ग्रान्डी इन्टरनेसनल अस्पताल ल्याइएको थियो ।
बेहोस भएर ढलेपछि सिटौलालाई अछाम जिल्ला अस्पताल लगिएको थियो । जिल्ला अस्पतालमा ४५ मिनेट सीपीआर दिइएको थियो। मुटुको चाल फर्किएपछि कृत्रिम श्वास दिएर सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको थियो । त्यहाँबाट हवाइ जहाजमार्फत काठमाडौँमा ल्याएको थियो । अस्पताल ल्याउँदा नै उनी बेहोस थिए । आईसीयू भेन्टिलेटरमा रहे पनि होस नखुलेकाले थप उपचार प्रक्रिया अगाडि बढ्न नसकेको अस्पतालले जनाएको छ । अस्पताल स्रोतका अनुसार अस्पताल ल्याउदा नै उनको स्वास्थ्य अवस्था गम्भीर रहेको थियो । अस्पतालमा ल्याउँदा नै उनी बेहोस रहेका थिए । आईसीयूमा राखेर होसमा ल्याउने प्रयास गरिए पनि सफल नभएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व मनाइयो
काठमाडौँ । छठ पर्वको मुख्य दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व अन्तर्गत सोमबार साँझ अस्ताउँदो सूर्यलाई...
स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगरको आफैँले चलाएको सवारी दुर्घटनामा निधन
प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानामगरको सवारी दुर्घटनामा परी निधन भएको छ। शनिबार ९असार १३० आफूले चलाएको गाडी दुर्घटना हुँदा ५० वर्षीय रानामगरको घटनास्थलमै मृत्यु भएको हो ।
स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको...
काठमाडौँ महानगरमा वैशाख १५ देखि शैक्षिक सत्र ०८३ शुरू हुने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्र २०८३ को पठनपाठन तथा सम्पूर्ण शैक्षिक गतिविधि वैशाख १५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । महानगरपालिकाको शिक्षा विभागले वैशाख १० गते एक सूचना जारी गर्दै महानगरभित्रका सबै विद्यालयलाई उ...
पशुपति आएका साधुहरूले फर्किने बेला २१ थरी उपहार पाउने, राष्ट्रपतिले गरे संकल्प
काठमाडौँ । रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसर पारेर पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका साधुसन्तलाई प्रदान गरिने सामग्रीको औपचारिक संकल्प गरेका छन् । हरेक वर्ष फाल्गुन कृष्ण त्रयोदशीमा मनाइने महाशिवरात्रि अघि एकादशीको बिहान राष्ट्राध्यक्षबाट साध...
चिसोले गरिब बस्तीको जनजीवन कष्टकर
महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस लागेयता बढ्दै गएको जाडोले प्रभावित बनेको छ । पुस लागेसँगै ह्वात्तै बढेको चिसोले गरिब बस्ती बढी प्रभावित भएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पुस लागेसँगै बिहानदेखि नै मध्याह्न...
काठमाडौँको प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी साधनलाई डाईभर्सन
काठमाण्डौँ । कार्याक्रमका कारण काठमाडौँको प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी साधनलाई यतिबेला डाईभर्सन गरिएको छ । उक्त स्थान हुँदै चल्ने सवारी ...



