चुनावी यात्रामा बेहोस भएका बालेनको टोलीका सदस्य दिनेश सिटौलाको अवस्था चिन्ताजनक
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनसँगै चुनाव प्रचारमा खटिँदा ‘ब्रेन हेमरेज’ भएर उपचार गराइरहेका दिनेश सिटौलाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । दुई दिनदेखि काठमाडौँको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको आईसीयू भेन्टिलेटरमा राखेर सिटौलाको उपचार भइरहेको छ। उनको स्वास्थ्य चिन्ताजनक रहेको अस्पतालले जनाएको हो ।
रास्वपाका वरिष्ठ नेता शाहसँगै सुदूरपश्चिम भ्रमणका क्रममा अछाम पुगेका सिटौला माघ १६ गते बिहान बेहोस भएर ढलेका थिए। उनलाई अछामबाट हेलिकप्टरमार्फत टोखास्थित ग्रान्डी इन्टरनेसनल अस्पताल ल्याइएको थियो ।
बेहोस भएर ढलेपछि सिटौलालाई अछाम जिल्ला अस्पताल लगिएको थियो । जिल्ला अस्पतालमा ४५ मिनेट सीपीआर दिइएको थियो। मुटुको चाल फर्किएपछि कृत्रिम श्वास दिएर सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको थियो । त्यहाँबाट हवाइ जहाजमार्फत काठमाडौँमा ल्याएको थियो । अस्पताल ल्याउँदा नै उनी बेहोस थिए । आईसीयू भेन्टिलेटरमा रहे पनि होस नखुलेकाले थप उपचार प्रक्रिया अगाडि बढ्न नसकेको अस्पतालले जनाएको छ । अस्पताल स्रोतका अनुसार अस्पताल ल्याउदा नै उनको स्वास्थ्य अवस्था गम्भीर रहेको थियो । अस्पतालमा ल्याउँदा नै उनी बेहोस रहेका थिए । आईसीयूमा राखेर होसमा ल्याउने प्रयास गरिए पनि सफल नभएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
विसं २०८३ को पात्रोको गणना कुन ग्रन्थका आधारमा गर्ने यसै हप्ता निर्णय हुने
काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८३ को पात्रो केतकी वा सूर्य सिद्धान्त कुन ग्रन्थका आधारमा गणना गर्ने भन्ने निर्णय यसै साता गरिने जनाएको छ । समितिले आइतबार यहाँ आयोजना गरेको नयाँ पदाधिकारीहरूको पर...
जेन-जी आन्दोलनका घाइते र युवाहरुको माइतीघरमा धर्ना
काठमाडौँ । जेनजी आन्दोलनका घाइते तथा युवाहरुले काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् । जेनजी आन्दोलनका घाइतेहरुको जायज मागलाई पूरा गर्न र सम्पूर्ण जेनजीहरुलाई एकतावद्ध गर्नुपर्ने भन्दै उनीहरुले शुक्रबार माइतिघरमा धर्ना...
बञ्चरेडाँडाका स्थानियसँग जनाइएका प्रतिबद्धता कार्यान्वयन गर्दै सरकार, फोहोर व्यवस्थापनमा अवरोध नगर्न मन्त्री घिसिङको आग्रह
काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीय बासिन्दासँग जनाएका प्रतिबद्धता कार्यान्वयन गर्ने भएको छ । केहि समय अघि बञ्चरेडाँडाका स्थानिय वासिन्दाहरुले...



