वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज
काठमाडौँ । वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज गरिएको छ । यसअघि परीक्षण शुल्क छ हजार ५०० बाट बढाएर नौ हजार ५०० पुर्याएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले शुल्क वृद्धि खारेज गर्दै पुरानै यथावत् गराएका हुन् । यो निर्णयसँगै पुरानै शुल्क अर्थात छ हजार ५०० कायम भएको छ ।
यसअघि तत्कालीन श्रममन्त्री शरदसिंह भण्डारीले भण्डारीले २०८१ मङ्सिरमा मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य परीक्षण शुल्क वृद्धि गरि ९ हजार ५०० रुपैयाँ कायम गराएका थिए । त्यतिबेला पनि विरोधपछि सो शुल्क कार्यान्वयन प्रक्रिया रोकिएको थियो।
गत मंसिरमा पुनस् बढाइएको शुल्क मन्त्रिस्तरीय निर्णयबाट पुनः खारेज गरिएको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
एफएटिएफ समीक्षाः सम्पत्ति शुद्धीकरण मामलामा नेपाल अझै ‘ग्रे लिस्ट’मा
काठमाडौँ । सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तरराष्ट्रिय निकाय ‘वित्तीय कारवाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स–एफएटिएफले नेपाल अझै निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’ मा रह...
उपत्यकामा पुष ७ गते शैक्षिक हड्ताल घोषणा, १२ बुँदे माग अघि सार्दै जनपक्षीय विद्यार्थी युनियन
काठमाडौँ । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शिक्षा, न्याय र स्वतन्त्रताका सवालमा सरकार गम्भीर नभएको आरोप लगाउँदै पुष ७ गते काठमाडौं, ललितपुर र भक्तपुरमा उपत्यकाव्यापी शैक्षिक हडताल घोषणा गरेको छ । केन्द्रीय समितिद्व...
विद्युत् माग र आपूर्ति व्यवस्थापनको लागि प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको अनुगमन
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले लक्ष्मीपूजाका साथै, तिहारका विशेष दिनहरुमा विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएका छन् । सोमबार साँझ नेपाल व...
बागमती नदीको बहाव बढाउन धापड्यामबाट पानी छाडियो, उपभोक्तालाई असर नपर्ने
काठमाडौँ । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बागमती नदीमा पानीको बहाव बढाउनका लागि धापड्यामबाट पानी छाडिएको छ । भक्तजनलाई स्नान गर्न र नदीको सौन्दर्यता अभिवृद्धि गर्न सहयोग पुग्ने उद्देश्यले धापड्यामबाट पानी छडिने थालिएको हो ।
<...पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द
कास्की । पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । मार्गमा पर्ने पोखराको विजयपुर खोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’ कार्य सुरु हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न...
एकैदिन देशभर १८ विपद्का घटना, सावधानी अपनाउन अपिल
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो शनिबार देशभर १८ विपद्का घटना घटेको जनाएको छ । उदयपुर, रौतहट, बारा, काठमाडौं र कपिलवस्तुमा आगलागीका दुई दुईवटा घटना घटेका छन् । आगलागीका मात्र १...



