राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञ सुनीलबहादुर थापाले राजीनामा दिएका छन् । आसन्न राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बन्न थापाले राजीनामा दिएको बताइएको छ । थापाको नामा धनकुटाबाट राष्ट्रियसभा निर्वाचनका लागि सिफारिस भएको छ ।
‘म अब पार्टी राजनीतिमा सक्रिय हुन राष्ट्रपतिको राजनीतिक विज्ञपदबाट राजीनामा दिएको हुँ,’ थापाले डिसी नेपालसँग भने, ‘पार्टीको ११ औं महाधिवेशन र राष्ट्रिय सभा निर्वाचनमा सक्रिय हुनु पर्ने भएपछि मैले मंसिर १५ गते नै राजीनामा दिएको हुँ।’ उनको राजीनामा स्वीकृत भइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरासमेत रहेका थापा राप्रपाबाट नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । गत निर्वाचनमा धनकुटामा एमालेका राजेन्द्र राईसँग पराजित भएपछि थापालाई राष्ट्रपति पौडेलले आफ्नो राजनीतिक विज्ञमा रुपमा नियुक्त गरेका थिए । माघमा हुने राष्ट्रियसभा निर्वाचनमा थापाको नाम धनकुटाबाट सिफारिस भएपछि उनले राष्ट्रियसभामा जान राजीनामा दिएका हुन् ।
एक्सप्रेस
सम्बन्धित खबर
राष्ट्रियसभा र प्रदेश सांसदलाई कांग्रेसले उम्मेदवार नबनाउने
काठमाडौँ । नेपाली कांग्रेसले आगामी निर्वाचनमा कुनै तहका जनप्रतिनिधिलाई पनि उम्मेदवार नबनाउने निर्णय गरेको छ । राष्ट्रिय सभा र प्रदेश सभामा रहेकाहरूलाई उम्मेदवार सिफारिस नगर्न भन्दै कांग्रेस केन्द्रीय कार्यालयबाट उम्मेद...
ज्ञानेन्द्र शाहलाई दुर्गा प्रसाईंको सन्देश : राजा बन्न पृथ्वीनारायण जस्तै मैदानमा आउनुपर्छ
भक्तपुर । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति असन्तुष्टि जनाएका छन् । शनिबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले पूर्...
राष्ट्रले होनाहार युवा गुमाएको भन्दै विपिनका परिवारलाई भेटेर नैनसिंह महरले जनाए समवेदना
कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले इजरायलमा हमासको आतंकवादी हमलामा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको घरमा पुगेर समवेदना प्रकट गरेका छन् । उनले शोकाकुल बुबा महानन्द जोशी, आमा पद्मा जोशी,...
संसद्को चालु अधिवेशन शुक्रबारदेखि अन्त्य हुने
काठमाडौँ । संघीय संसद्अन्तर्गत दुवै सदनको चालु अधिवेशन शुक्रबार राति १२ बजेबाट अन्त्य हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गर्ने भएका हुन् । शुक्रबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संसद्को संयुक्त सद...
चुनावी मैदानमा हाम्रो लागि कोही पनि दुश्मन छैनन् : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्नो पार्टी देश परिवर्तनको संकल्पमा रहेको बताएका छन्। शुक्रबार पोखरामा आयोजित चुनावी सभामा उनले चुनावी प्रतिस्पर्धालाई दुश्मनीको रूपमा नलिन सबैलाई आह्वान गरे ।
शर्माले भने,हामी देशला...
उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिइन्
काठमाडौँ । उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको स्रोतले जानकारी दिएको छ । मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिए...



