राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञ सुनीलबहादुर थापाले राजीनामा दिएका छन् । आसन्न राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बन्न थापाले राजीनामा दिएको बताइएको छ । थापाको नामा धनकुटाबाट राष्ट्रियसभा निर्वाचनका लागि सिफारिस भएको छ ।
‘म अब पार्टी राजनीतिमा सक्रिय हुन राष्ट्रपतिको राजनीतिक विज्ञपदबाट राजीनामा दिएको हुँ,’ थापाले डिसी नेपालसँग भने, ‘पार्टीको ११ औं महाधिवेशन र राष्ट्रिय सभा निर्वाचनमा सक्रिय हुनु पर्ने भएपछि मैले मंसिर १५ गते नै राजीनामा दिएको हुँ।’ उनको राजीनामा स्वीकृत भइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरासमेत रहेका थापा राप्रपाबाट नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । गत निर्वाचनमा धनकुटामा एमालेका राजेन्द्र राईसँग पराजित भएपछि थापालाई राष्ट्रपति पौडेलले आफ्नो राजनीतिक विज्ञमा रुपमा नियुक्त गरेका थिए । माघमा हुने राष्ट्रियसभा निर्वाचनमा थापाको नाम धनकुटाबाट सिफारिस भएपछि उनले राष्ट्रियसभामा जान राजीनामा दिएका हुन् ।
एक्सप्रेस
सम्बन्धित खबर
खगेन्द्र सुनारको अभिव्यक्तिप्रति रास्वपाको धारणा सार्वजनिक
काठमाडौँ । बाँके क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार खगेन्द्र सुनारको अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। राष्ट्रिय जनावर गाईसँग सम्बन्धित टिप्पणी विवादमा आएपछि पार्टीले यस विषयम...
गगन थापालाई प्रतिनिधि सभा निर्वाचनका लागि पाँच जिल्लाबाट सिफारिस, तेह्रथुम र काठमाडौँमा एकल
काठमाडौँ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनको लागि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पाँच जिल्लाबाट सिफारिस भएका छन् । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उनी तेह्रथुम, काठमाडौँ, सर्लाही, धनकुटा र रोल्पाबाट...
अध्यागमन ऐन संशोधन र भिसा प्रणाली डिजिटलाइजेसनमा गृहमन्त्रीको जोड
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमनसम्बन्धी कानुनी व्यवस्था परिमार्जन गरी समयानुकूल ऐन जारी गर्न आवश्यक रहेको बताएका छन् ।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै गृहमन्त्री अर्यालले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन स...
विपद् व्यवस्थापनमा रास्वपाको निर्णय : छुट्टै संयन्त्र नबनाई सरकारकै एकद्वार प्रणालीबाट राहत बाँड्ने
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले बाढीपहिरो पीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि छुट्टै संयन्त्र नबनाई सरकारलाई नै पूर्ण रूपमा सघाउने निर्णय गरेको छ । बिहीबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा सभापति रवि लामिछानेक...
बालेन र ओली एकैपटक झापा जाँदै
काठमाडौँ । झापा ५ मा उम्मेदवार रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह दुवै आज झापा जाँदैछन् । दुवैकाई आआफ्ना पार्टीले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेकोले दुवैको एकैदिन झापा यात्रालाई चासोपूर्वक हेरिएको...
रास्वपा चुनाव भाँड्न खोज्दैछ : एमाले
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभा निर्वाचन भाँड्ने प्रयास गरिरहेको आरोप लगाएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा शनिबार पत्रकार सम्मेलन गर्दै जारी प्रेस विज्ञप्तिमार्फत एमाले...



