राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञ सुनीलबहादुर थापाले राजीनामा दिएका छन् । आसन्न राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बन्न थापाले राजीनामा दिएको बताइएको छ । थापाको नामा धनकुटाबाट राष्ट्रियसभा निर्वाचनका लागि सिफारिस भएको छ ।
‘म अब पार्टी राजनीतिमा सक्रिय हुन राष्ट्रपतिको राजनीतिक विज्ञपदबाट राजीनामा दिएको हुँ,’ थापाले डिसी नेपालसँग भने, ‘पार्टीको ११ औं महाधिवेशन र राष्ट्रिय सभा निर्वाचनमा सक्रिय हुनु पर्ने भएपछि मैले मंसिर १५ गते नै राजीनामा दिएको हुँ।’ उनको राजीनामा स्वीकृत भइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरासमेत रहेका थापा राप्रपाबाट नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । गत निर्वाचनमा धनकुटामा एमालेका राजेन्द्र राईसँग पराजित भएपछि थापालाई राष्ट्रपति पौडेलले आफ्नो राजनीतिक विज्ञमा रुपमा नियुक्त गरेका थिए । माघमा हुने राष्ट्रियसभा निर्वाचनमा थापाको नाम धनकुटाबाट सिफारिस भएपछि उनले राष्ट्रियसभामा जान राजीनामा दिएका हुन् ।
एक्सप्रेस
सम्बन्धित खबर
नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने परराष्ट्रमन्त्रीको प्रतिबद्धता
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन् । फाउन्डेसन फर पिस डेभलपमेन्ट एण्ड सोसलिजमले शनिबार काठमाडौंमा आयोजना गरेको ‘काष्ठमण्डप डायलग’मा मन्त्री खनालले नेपाल ‘एक चीन’ सिद्धान्तप्रत...
निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार म्यादी प्रहरी भर्ना गर्ने मापदण्ड स्वीकृत
काठमाडौँ । सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन म्यादी प्रहरी भर्ना गर्ने मापदण्ड स्वीकृत गरेको छ। ‘निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति र परिचालनसम्बन्धी मापदण्ड–२०८२’ मन्त्रिपरिषद्बाट पारित भएको हो ।<...
प्रतिनिधिसभा निर्वाचन ८१ दिन बाँकीः निर्वाचनको देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधि बढ्यो
काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी छ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सकाइसकेको छ । सरकारले पनि निर्वाचनका ल...



