बुधबार, ११ कात्तिक २०८३
नेपाली

राष्ट्रले होनाहार युवा गुमाएको भन्दै विपिनका परिवारलाई भेटेर नैनसिंह महरले जनाए समवेदना

Main News Image

कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले इजरायलमा हमासको आतंकवादी हमलामा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको घरमा पुगेर समवेदना प्रकट गरेका छन् । उनले शोकाकुल बुबा महानन्द जोशी, आमा पद्मा जोशी, बहिनी पुष्पा जोशीलगायत परिवारजनलाई भेटेर भावुक समवेदना पत्र हस्तान्तरण गर्दै विपिनको निधनले सिङ्गो राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताए ।

नेता महरले विपिन प्रतिभाशाली विद्यार्थी मात्र नभएर नेपाल विद्यार्थी संघका एक उदीयमान नेता भएको स्मरण गर्दै उनको निधनले पार्टी र देश दुवैलाई क्षति पुगेको बताए ।  उनले भने, ‘विपिनले देखेको सुन्दर र समृद्ध नेपालको सपना अब हाम्रो साझा सपना हो। उनको सपनालाई साकार पारेर नै हामीले उनीप्रति सच्चा सम्मान प्रकट गर्न सक्छौं।‘

यस दुःखद घटनाले आतंकवादको विश्वव्यापी क्रूरता र अमानवीयतालाई उजागर गरेको बताउँदै महरले विदेशमा अध्ययन वा काम गर्न जाने नेपालीहरूको सुरक्षाका लागि सरकारले बलियो कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता औंल्याए। विपिनको परिवारमा परेको अथाह पीडाप्रति गहिरो सहानुभूति प्रकट गर्दै उनले यो शोकको घडीमा सिंगो देश र नेपाली कांग्रेस पार्टी परिवारको साथमा रहेको विश्वास दिलाए। नेता महरले हस्तान्तरण गरेको समवेदना पत्रमा विपिनको सपना र उनको असामयिक निधनले सृजना गरेको पीडालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

 

mediabaaji add

सम्बन्धित खबर

सुधन गुरुङको नागरिकता नक्कली भएको भन्दै छानबिन गर्न माग

काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पदाधिकारी बैठकले हामी नेपालका संयोजक सुधन गुरुङको नागरिकताको सत्यता छानबिन गर्न सरकारसँग माग गरेको छ । संघका प्रवक्ता निरोज पौडेलले भने, ‘सुधन गुरुङको नागरिकता सक्...

रास्वपा केन्द्रीय समिति बैठकद्वारा रवि र बालेनबीचको सहमति अनुमोदन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र काठमाडौँ महानगपालिकाका प्रमुख बालेन्द्र शाहबीचको सहमतिलाई रास्वपाको केन्द्रीय समितिबाट अनुमोदन भएको छ । रास्वपा सभापति रवि लामिछानेको सभापतित्वममा आइतबार राति बसेको रास्वपा केन्द्रीय समितिको विशेष बै...

आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १...

निर्वाचन आयोगको कार्यतालिका दलहरूले किन गरे अस्वीकार ?

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि बिहीबार राजनीतिक दलहरूसँग छलफल गर्यो । छलफलका क्रममा आयोगले निर्वाचनको कार्यतालिकासमेत प्रस्ताव गरेको थियो । जसअनुसार उम्मेदवार मनोनयन...

सात दिनभित्र प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गर्न जसपा नेपालको निर्देशन

काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन निर्देशन दिएको छ ।

पार्टी विधानको धारा ११७ उपधारा ३ मा व्यवस्था भए बमोजिम उम्मेदवार सम्बन्धी मापदण्ड र योग्यता पूरा गर...

रविले वारेसबाट दर्ता गराए उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गरेका छन् । सहकारी सम्बन्धी मुद्दाका लागि उनी वीरगञ्ज पुगेका थिए । त्यसक्रममा उपस्थित हुन नभ्याउने भएपछि रविले वारेसमार्फत उम्...