इटालीविरुद्ध नेपालको लज्जास्पद हार
काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको समूह चरणको दोस्रो खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ । नेपालले कमजोर आँकिएको इटालीसँग १० विकेटको हार बेहोरेको हो । पहिलो खेलमा दुई पटकको च्याम्पियन इङ्गल्याण्डमाथि चार रनको बेहोर्ने क्रममा अनपेक्षित प्रदर्शन गरेकाले बढी नै अपेक्षा गरिएको नेपालले इटालीसँग भने १० विकेटको हार बेहोरेको हो ।
खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ३ बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर १२३ रनमात्र बनायो । आरिफ शेखले २४ बलमा २७ तथा कप्तान रोहित पौडेलले १४ बलमा २३ रन बनाएको इनिड्समा आसिफ शेखले २० तथा करण केसीले १८ रन बनाए बाहेक अन्य कसैले दोहोरो स्कोर जोड्न सकेनन् । क्रिशान कालुगमानेले ३ विकेट लिए ।
जवाफमा इटालीले १२ ओभर ४ बलमै कुनै विकेट नगुमाइ जित हासिल गर्यो । एन्थोनि मोस्काले ३२ बलमा ६२ तथा जस्टिन मोस्काले ४४ बलमा ६० रन जोडे । बलिङतर्फ कुनै पनि खेलाडीले सम्झनयोग्य बलिङ गरेनन्। भारतको मुम्बईस्थित वाङ्खेडेको मैदानमा भएको यो खेल हारेसँगै जोशका साथ खेल हेर्न पुगेका नेपाली प्रशंसक निराश भएर फर्केका छन् ।
यसअघि इटाली पहिलो खेलमा स्कटल्याण्डसँग ७३ रनले पराजित भएको थियो । यो समूहमा दुई पटकका विजेताहरू वेष्ट इन्डिज र इङ्गल्याण्ड रहेकाले यसलाई ग्रुप अफ डेथ मानिन्छ । नेपालको यसपटकको प्रदर्शनलाई लिएर विश्वभर नै चर्चा छ । तेस्रो पटक टी(२० विश्वकप खेलिरहँदा नेपालले इङ्गल्याण्डसँग देखाएको प्रदर्शन उच्चकोटीको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
मेस्सीको ऐतिहासिक कीर्तिमानसँगै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा
काठमाडौँ । कप्तान लियोनल मेस्सीको उत्कृष्ट लय र ऐतिहासिक कीर्तिमानको मद्दतमा साविक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । नेपाली समय अनुसार आज सम्पन्न समूह ‘जे’ को रोमाञ्चक खेलमा अर्जेन्टिनाले युरोपेली प्रतिद्वन्...
एनओसीले १४ खेलाडीलाई छात्रवृत्ति दिने, भयो सम्झौता
काठमाडौँ । नेपाल ओलम्पिक कमिटी एनओसीले ओलम्पिक खेलकुद, एसियाली खेलकुद र युवा ओलम्पिक खेलकुद खेल्ने खेलाडीहरूलाई छात्रवृत्ति दिने भएको छ । एनओसीले विभिन्न खेलका १४ खेलाडीलाई छात्रवृत्ति दिने भएको हो । शुक्रबार पत्रकार सम्मेलन गर्दै एनओसी...
नेपालले इङ्गल्याण्डको खेलमा मन जित्यो, आज इटालीविरुद्ध खेल जित्न मैदानमा
काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको समूह चरणको दोस्रो खेलमा नेपालले आज इटालीसँग खेल्दैछ । खेल दिउँसो सवा ३ बजे भारतको मुम्बईस्थित वाङ्खेडेको मैदानमा हुँदैछ । यो खेलमा नेपालले...
क्यानले सार्वजनिक गर्यो वर्षभरिको व्यस्त क्यालेन्डर
काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले सन् २०२६ का लागि क्रिकेट गतिविधिहरूले भरिएको विस्तृत वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । हालै आयोजित पत्रकार भेटघाट कार्यक्रममा क्यानले पुरुष, महिला तथा युवा तहका राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रति...
तेक्वान्दोका समर्पित योद्धा राम गिरी : तीन दशकको यात्रापछि संघको केन्द्रीय उपाध्यक्षमा आरोहण
काठमाण्डौँ । तेक्वान्दो खेलसँग जीवनको तीन दशकभन्दा बढी समय समर्पण गरेका युवा उद्यमी तथा समाजसेवी राम गिरी नेपाल तेक्वान्दो संघको केन्द्रीय उपाध्यक्षमा मनोनीत भएका छन् । संघको सौराहामा सम्पन्न पाँचौँ अधिवेशनपछि अध्यक्ष...
ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश
काठमाडौँ । सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा आइतबार सम्पन्न एशियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिता २०२६ को पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानमाथि ८ विकेटको सानदार जित दर्ता गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानलाई १९.४ ओ...



