बुधबार, ११ कात्तिक २०८३
नेपाली

एन‌ओसीले १४ खेलाडीलाई छात्रवृत्ति दिने, भयो सम्झौता

Main News Image

काठमाडौँ । नेपाल ओलम्पिक कमिटी एनओसीले ओलम्पिक खेलकुद, एसियाली खेलकुद र युवा ‌‌‌‌ओलम्पिक खेलकुद खेल्ने खेलाडीहरूलाई छात्रवृत्ति दिने भएको छ । एन‌ओसीले  विभिन्न खेलका १४ खेलाडीलाई छात्रवृत्ति दिने भएको हो । शुक्रबार पत्रकार सम्मेलन गर्दै एनओसीले ब्याडमिन्टन, उशु, साइक्लिङ, टेबल टेनिस, टेनिस, जुडो, स्पोर्ट्स क्लाइम्बिङ र पौडीका आठ खेलाडीलाई सन् २०२८ मा अमेरिकामा हुने लस एन्जलस ओलम्पिक, सन् २०२६ मा जापानमा हुने आइची नागोया एसियन गेम्समा आर्चरी, बक्सिङ, कराते र उशुका पाँच खेलाडीलाई तथा युथ गेम्सका लागि एक खेलाडीलाई छात्रवृत्ति दिने खेलाडी तथा परिवार र सम्बन्धित संघसँग सम्झौता गरेको हो ।

लस एन्जलस ओलम्पिकको लागि आठ खेलाडीमा ब्याडिन्टनका प्रिन्स दाहाल, साइक्लिङकी उषा खनाल, गल्फका सद्भाव आचार्य, जुडोकी मनिता श्रेष्ठ प्रधान, टेबल टेनिसकी इभाना थापा, टेनिसकी सिभाली थापा, स्पोर्ट्स क्लाइम्बिङकी तेन्जिङ राई र पौडीका एर्भिन श्रेष्ठ छन् । उनीहरूले संघमार्फत हरेक चार महिनामा ११ सय २५ अमेरिकी डलर पाउने छन् ।

त्यस्तै आइची नागोया एसियन गेम्सको लागि पाँच खेलाडी आर्चरीका तिलक पुनमगर, बक्सिङका चन्द्रबहादुर थापा, करातेकी एरिका गुरुङ र सानुमाया थिङ तथा उशुकी सुस्मिता तामाङ रहेका छन् । यस्तै युथ ओलम्पिक गेम्सको लागि उशुकी रश्मी तामाङ छनोट भएकी छिन् ।  एसियन गेम्स र युथ ओलम्पिकका खेलाडीले भने जनही ५० हजार रुपैयाँ पाउने पत्रकार सम्मेलनमा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए । छात्रवृत्ति सम्झौता गरेपछि खेलाडीहरूले खुशी व्यक्त गरेका छन् । 

mediabaaji add

सम्बन्धित खबर

विश्वकप छनोट : आज ओमानविरुद्ध भिड्दै नेपाल

ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा...

विश्वकपमा दिग्गज खेलाडीलाई पछि पार्दै एमबाप्पेले बनाए यस्तो कीर्तिमान

काठमाण्डौँ । फ्रान्सका कप्तान तथा स्टार स्ट्राइकर केलियन एमबाप्पेले फिफा विश्वकपको नकआउट चरणमा इतिहासकै सर्वाधिक गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन् ।

सन् २०२६ को जारी विश्वकपमा अद्वितीय प्रदर्शन गर्दै उनले विश्व फुटबलका पुराना दिग्गजहरूलाई...

टी-२० विश्वकप : न्युजिल्यान्डले श्रीलंकालाई हराउँदा थप कमजोर बन्यो पाकिस्तानको सम्भावना

काठमाण्डौँ । जारी टी-२० विश्वकपअन्तर्गत सुपर ८ को महत्त्वपूर्ण खेलमा श्रीलंकालाई ६१ रनले हराउँदै न्युजिल्यान्डले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । योसँगै पाकिस्तान अर्को चरणमा पुग्ने सम्भावना भने अझ कमजोर बनेको छ। बुधबार भएको खेलमा जितले...

आइसीसी टी-२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको छ । सोमबार भारत मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले दिएको १८५ रनको लक्ष्य पक्ष्याएको नेपाल ४ रनले पराजित भएको हो ।

...

एसिसी प्रिमियर कप : लगातार तेस्रो जितको खोजीमा नेपाल, आज साउदी अरेबियासँग भिड्दै

काठमाडौँ ।  एसियन क्रिकेट काउन्सिल एसिसी प्रिमियर कपको तेस्रो संस्करणअन्तर्गत समूह चरणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियाको सामना गर्दैछ । मलेसियाको वायुमास ओभरलमा जारी प्रतियोगितामा नेपाल र साउदीबीचको यो प्रतिस्पर्धा नेपाली समयअनुसार बि...

सन्दीप लामिछाने बने नेपालको ओडिआई कप्तान्

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय ओडिआई कप्तानमा स्पिनर सन्दीप लामिछानेलाई नियुक्त गरेको छ । यसअघि ओडिआई र टी–२० दुवैको कप्तानको जिम्मेवारी सम्हाल्दै आएका रोहित पौडेललाई पदबाट हटाउँदै क्यानले सन्दीपलाई ओडिआईको...