तेक्वान्दोका समर्पित योद्धा राम गिरी : तीन दशकको यात्रापछि संघको केन्द्रीय उपाध्यक्षमा आरोहण
काठमाण्डौँ । तेक्वान्दो खेलसँग जीवनको तीन दशकभन्दा बढी समय समर्पण गरेका युवा उद्यमी तथा समाजसेवी राम गिरी नेपाल तेक्वान्दो संघको केन्द्रीय उपाध्यक्षमा मनोनीत भएका छन् । संघको सौराहामा सम्पन्न पाँचौँ अधिवेशनपछि अध्यक्ष दीपराज गुरुङको नेतृत्वमा गठन गरिएको नयाँ कार्यसमितिले गिरीलाई उपाध्यक्षको जिम्मेवारी सुम्पिएको हो ।
गिरीले सन् १९९२, २०४९ सालमा छाउनीस्थित बालग्राम तेक्वान्दो डोजाङबाट आफ्नो खेल यात्रा सुरु गरेका थिए । त्यसयता उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अनेकौं पदकहरू जित्दै तेक्वान्दो क्षेत्रमा आफ्नो परिचय सुदृढ पारेका छन् । राष्ट्रिय टिमका संयोजक र नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यको भूमिका समेत निर्वाह गरिसकेका गिरी अहिले खेल प्रशासन र खेलाडी विकास दुवै क्षेत्रमा सक्रिय छन् ।
लामो समयदेखि प्रशिक्षकका रूपमा योगदान दिंदै आएका गिरीले आफ्नै डोजाङमार्फत पाँच सयभन्दा बढी ब्ल्याक बेल्ट खेलाडी उत्पादन गरिसकेका छन् । उनका धेरै शिष्यहरू दोस्रोदेखि पाँचौँ डानसम्मका खेलाडी बनेका छन् र अहिले देश–विदेशमा तेक्वान्दोका प्रशिक्षक तथा प्रतिस्पर्धीका रूपमा सक्रिय छन् ।
गिरीले उपाध्यक्षमा मनोनयन भएपछि भने, “तेक्वान्दो मेरो जीवनको अभिन्न हिस्सा हो। अब संघको जिम्मेवारीमा रहेर खेलमार्फत समाज र राष्ट्र निर्माणमा योगदान पुर्याउने लक्ष्य लिएको छु ।” उनले संघको भिजनअनुसार खेलको पहुँच विस्तार, अनुशासन, र खेलाडीको व्यावसायिक विकासमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।
तेक्वान्दोको क्षेत्रमा अनुशासन, समर्पण र नेतृत्वको प्रतिक मानिने गिरीको उपाध्यक्ष पदमा आगमनले संघमा नयाँ उत्साह थपिएको खेलकुद क्षेत्रमा टिप्पणी गरिन्छ। खेलाडी उत्पादनदेखि संस्थागत सुदृढीकरणसम्म उनको योगदानले तेक्वान्दो समुदायमा नयाँ सम्भावनाको बाटो खोलेको विश्वास गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सान्त्वना जितको लक्ष्यमा नेपाल, स्कटल्यान्डको सामना गर्दै
काठमाडौँ । भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डको सामना गर्दैछ । समूह ‘सी’ अन्तर्गतको खेल मुम्बईस्थित वानखेडे रंगशालामा नेपाली समयअनुसार राति ७ : १५ मा सुरु हुनेछ ।
रोहित पौडेलको कप्ता...
विश्वकप फुटबल : सेनेगलमाथि फ्रान्सको शानदार जित, एम्बाप्पे चम्किए
काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘आई’ को खेलमा फ्रान्सले सेनेगलमाथि रोमाञ्चक जित दर्ता गरेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई ३,१ गोल अन्तरले पराजित गरेको हो। प्रतिस्पर्धात्...
एनपिएलको तयारी पूरा : ३५ करोड उठ्ने क्यानको दाबी
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएलको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस ख...
नेपाल टी-२० विश्वकपमा छनोट
काठमाडौँ । नेपालले अर्को वर्ष भारत र श्रीलंकामा आयोजना हुने टी–२० आइसिसी विश्वकप, २०२६ का लागि छनोट भएको छ । ओमानमा जारी एसिया एण्ड इएपी छनोटमा शीर्ष तीनमा परेसँगै नेपाल विश्वकपका लागि छनोट भएको हो ।
जारी प्रतियोगिता...
विश्वकप अभ्यासः लागातार दोस्रो खेलमा नेपाल विजयी, एमसिए ४८ रनले पराजित
काठमाडौँ । आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले लगातार दोस्रो अभ्यास खेलमा जित निकालेको छ । भारतको एमसिए प्रेसिडेन्ट–११ विरुद्ध शनिबार ४८ रनको जित निकालेको हो । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले सात विकेटको जित निकालेको थियो ।&...
एनपीएल : आज चितवन र जनकपुर, पोखरा र कर्णाली भिड्दै
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर...



