आइतबार, १८ असोज २०८३
नेपाली

मेस्सीको ऐतिहासिक कीर्तिमानसँगै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा

Main News Image

काठमाडौँ । कप्तान लियोनल मेस्सीको उत्कृष्ट लय र ऐतिहासिक कीर्तिमानको मद्दतमा साविक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । नेपाली समय अनुसार आज सम्पन्न समूह ‘जे’ को रोमाञ्चक खेलमा अर्जेन्टिनाले युरोपेली प्रतिद्वन्द्वी अष्ट्रियालाई २(० गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।

अमेरिकाको डालासस्थित स्टेडियममा भएको उक्त खेलमा अर्जेन्टिनाले सुरुदेखि नै खेललाई आफ्नो नियन्त्रणमा राखेको थियो । खेलको ३८औँ मिनेटमा कप्तान लियोनल मेस्सीले आकर्षक गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन। खेलको दोस्रो हाफमा अष्ट्रियाले बराबरी गर्ने केही प्रयास गरे पनि अर्जेन्टिनी रक्षापङ्क्तिले त्यसलाई असफल तुल्याइदियो । खेलको दोस्रो हाफको अतिरिक्त समय अर्थात् इन्जुरी समयमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि अर्जेन्टिनाको जित सुनिश्चित भएको थियो ।

यो खेल मेस्सी र विश्व फुटबल इतिहासकै लागि ऐतिहासिक बनेको छ । अष्ट्रियाविरुद्धको दुई गोलसँगै ३९ वर्षीय मेस्सीले विश्वकप इतिहासमा आफ्नो कुल गोल सङ्ख्या १८ पुर्‍याएका छन् ।


mediabaaji add

सम्बन्धित खबर

कीर्तिपुर क्रिकेट रङ्गशालाको गुरुयोजना स्वीकृत, निर्माणमा १० अर्ब लाग्ने अनुमान

काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालय त्रिवि परिसर कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माणका लागि गुरुयोजना स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको गुरुयोजना स्वीकृत ग...

आइसीसी टी-२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको छ । सोमबार भारत मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले दिएको १८५ रनको लक्ष्य पक्ष्याएको नेपाल ४ रनले पराजित भएको हो ।

...

सान्त्वना जितको लक्ष्यमा नेपाल, स्कटल्यान्डको सामना गर्दै

काठमाडौँ । भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डको सामना गर्दैछ । समूह ‘सी’ अन्तर्गतको खेल मुम्बईस्थित वानखेडे रंगशालामा नेपाली समयअनुसार राति ७ : १५ मा सुरु हुनेछ ।

रोहित पौडेलको कप्ता...

नेपालले भारतलाई ९२ रनले हरायो

काठमाडौँ । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो । जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटिय...

विश्वकप डिभिजन लिग–२ मा आज नेपाल र ओमान भिड्दै

काठमाण्डौँ । जारी आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग २ को सिरिज अन्तर्गत आज नेपाल र ओमानबीच खेल हुदैछ । यो यस सिरिजको अन्तिम खेल हो । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साँढे ९ बजेदेखि शुरु हुदैछ । जारी सिरिजमा नेपालले युएईविरुद्धका दुवै...

एन‌ओसीले १४ खेलाडीलाई छात्रवृत्ति दिने, भयो सम्झौता

काठमाडौँ । नेपाल ओलम्पिक कमिटी एनओसीले ओलम्पिक खेलकुद, एसियाली खेलकुद र युवा ‌‌‌‌ओलम्पिक खेलकुद खेल्ने खेलाडीहरूलाई छात्रवृत्ति दिने भएको छ । एन‌ओसीले  विभिन्न खेलका १४ खेलाडीलाई छात्रवृत्ति दिने भएको हो । शुक्रबार पत्रकार सम्मेलन गर्दै एनओसी...