चितवनका एसपी पुरी र डिएसपी खनालको एकैसाथ सरुवा !
मिडियाबाजी डटकम काठमाडौँ जेठ २, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरी र प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन्द्र खनालको एकैसाथ सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले हिजो (शुक्रबार) एकसाथ देशभरका ४६ एसपी र १४९ डिएसपीको सरुवा गर्दा उक्त सूचीमा पुरी र खनाल परेका हुन्। उनीहरूलाई क्रमशः पुरीलाई काजमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल,काठमाडौँमा र खनाललाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामसाहपथ काठमाडौँमा सरुवा गरिएको छ।
चितवनमा अब प्रहरीको नेतृत्व गर्न प्रहरी उपरीक्षक रामेश्वर पौडेल आउने भएका छन्। पौडेल हाल काठमाडौँको महारजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तालिम शाखामा थिए। रिक्त हुने डिएसपीको दरबन्दीमा चन्द्र भुसन यादवलाई खटाइने प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख छ। यादव हाल लागूऔषध नियन्त्रण ब्युरो मानव स्रोत व्यवस्थापन शाखा कोटेश्वर, काठमाडौँ शाखामा कार्यरत छन्।
एक्सप्रेस
सम्बन्धित खबर
करिब १४ लाखको मोबाइलसहित विमानस्थलबाट एक जना पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १३ लाख ८० हजार रुपैयाँबराबरको मोबाइल, ल्यापटपसहित एक जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । सर्लाही लालबन्दी नगरपालिका–१ बस्ने ३४ वर्षीय सञ्जीव खड्कालाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्य...
अनुमति नलिई माइतीघरमा प्रदर्शन गर्ने ५० जना पक्राउ
काठमाडौँ । स्थानीय प्रशासनबाट अनुमति नलिई काठमाडौँको माइतीघरमा प्रदर्शनका लागि पुगेका ५० जनालाई शनिबार नेपाल प्रहरीले हिरासतमा लिएको छ । शनिबार बिहानदेखि माइतीघरमा प्रदर्शन गर्न पुगेका जेनजी युनाइटेडका सदस्यलाई जिल्ला...
बाजा बजाएको विषयमा विवाद : रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यू जारी
रौतहट । रौतहटको सदरमुकाम गौरमा दुई समुदायबीच उत्पन्न विवादले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।
बौधिमाई नगरपालिका–९ सरमुजवाबाट बिहीबार रातिआएको विवाहको जन्ती बाजा बजाउँ...
प्रहरी कार्यालय आक्रमण गर्ने भारतीयसहित १५ जना पक्राउ
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा प्रहरीले प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटसँग सम्बन्धित १५ जनालाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, घटनामा संलग्न रहेको ठोस...
धादिङमा कर्मचारी कुटेर फरार रहेका व्यक्ति पक्राउ
काठमाण्डौँ । खानेपानी आयोजनाको अनुगमनमा खटिएका राष्ट्रसेवक कर्मचारीमाथि कुटपिट गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत जेठ २६ गते नीलकण्ठ नगरपालिका–४ स्थित इजारा क्षेत्रमा खानेपानी आयोजनाको निर्माण कार्य निरीक्षण तथा सुपरिवेक्षणक...
‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही
काठमाडौँ । काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन तथा नियम उल्लङ्घन नियन्त्रण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष ‘चेकिङ’ अभियानअन्तर्गत राइड सेयरिङ सेवामा संलग्न १७५ जना चालक कारबाहीमा परेका छन् । उपत्यका...



