चितवनका एसपी पुरी र डिएसपी खनालको एकैसाथ सरुवा !
मिडियाबाजी डटकम काठमाडौँ जेठ २, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरी र प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन्द्र खनालको एकैसाथ सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले हिजो (शुक्रबार) एकसाथ देशभरका ४६ एसपी र १४९ डिएसपीको सरुवा गर्दा उक्त सूचीमा पुरी र खनाल परेका हुन्। उनीहरूलाई क्रमशः पुरीलाई काजमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल,काठमाडौँमा र खनाललाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामसाहपथ काठमाडौँमा सरुवा गरिएको छ।
चितवनमा अब प्रहरीको नेतृत्व गर्न प्रहरी उपरीक्षक रामेश्वर पौडेल आउने भएका छन्। पौडेल हाल काठमाडौँको महारजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तालिम शाखामा थिए। रिक्त हुने डिएसपीको दरबन्दीमा चन्द्र भुसन यादवलाई खटाइने प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख छ। यादव हाल लागूऔषध नियन्त्रण ब्युरो मानव स्रोत व्यवस्थापन शाखा कोटेश्वर, काठमाडौँ शाखामा कार्यरत छन्।
एक्सप्रेस
सम्बन्धित खबर
सम्पत्ति शुद्धीकरणविरुद्ध एक खर्ब बिगो दाबी १२६ वटा मुद्दा दर्ता
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १६ वर्षमा सम्पत्ति शुद्धीकरणविरुद्ध एक खर्ब बिगो दाबी गरेको छ भने एक सय २६ मुद्दा दर्ता गरेको छ । विभागको स्थापना ३१ असार ०६८ मा भए पनि २० असार ०६६ मा राजस्व अनुसान्धान विभागमार्फत सम्पत्ति शुद्धीकरण...
१० जना भीआईपीलाई ज्यान मार्ने धम्की दिने समूहका तीन जना पक्राउ,प्रमुख आरोपी फिलिपिन्समा, आशंका प्रदीप अधिकारीमाथि
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिने समूहका तीनजना पक्राउ परेका छन् । उक्त समूहका मुख्य अभियुक्त फिलिपिन्समा रहेको खुलेको छ । धम्कीपूर्ण पत्र पठाउने...
वीरगञ्जमा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति, अनुमति बिना प्रदर्शन गर्न नपाइने
रौतहट । धनुषा घटनापछि वीरगञ्जमा उत्पन्न तनाव न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार सर्वपक्षीय बैठक सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको बैठकले शान्ति सुरक्षा र सामा...
सभामुख अर्यालको सवारी साधनद्वारा ट्राफिक नियम उल्लंघन, जरिवाना काटियो
काठमाडौँ । ट्राफिक नियम उल्लंघन गरेको घटनामा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद डीपी अर्याल कारबाहीमा परेका छन् । थापाथली चोकमा लेन मिच्दै अघि बढेको उनको सवारी सिंहदरबार प्रवेश गरेपछि ट्राफिक प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको हो ।
उपत्यका प...
अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रम बढेको भन्दै प्रहरीद्वारा सतर्क रहन अनुरोध
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले अनलाइनमा सस्तो दरमा सामानहरु देखाइ ठगी गर्ने अपराध बढिरहेको भन्दै सचेत रहन आग्रह गरेको छ । अनलाइनमा सस्तो दरमा सामानहरू देखाइ अग्रीम रकम भुक्तानि गर्न लगाउने र पैसा आएको छैन भन...
राहदानीमा उमेर हेरफेर गरेको आरोपमा १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी पासपोर्ट बनाउँदा जन्ममिति सच्याएर उमेर घटबढ गराएको अभियोगमा झापाका सरकारी कर्मचारी र राहदानी वाहकसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । इ...



