शनिबार, १४ कात्तिक २०८३
नेपाली

चितवनका एसपी पुरी र डिएसपी खनालको एकैसाथ सरुवा !

Main News Image

मिडियाबाजी डटकम काठमाडौँ जेठ २, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरी र प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन्द्र खनालको एकैसाथ सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले हिजो (शुक्रबार) एकसाथ देशभरका ४६ एसपी र १४९ डिएसपीको सरुवा गर्दा उक्त सूचीमा पुरी र खनाल परेका हुन्। उनीहरूलाई क्रमशः पुरीलाई काजमा  नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल,काठमाडौँमा   र खनाललाई   काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामसाहपथ काठमाडौँमा सरुवा गरिएको छ।


चितवनमा अब प्रहरीको नेतृत्व गर्न प्रहरी उपरीक्षक रामेश्वर पौडेल आउने भएका छन्। पौडेल हाल काठमाडौँको महारजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तालिम शाखामा थिए।  रिक्त हुने डिएसपीको दरबन्दीमा चन्द्र भुसन यादवलाई खटाइने प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख छ। यादव हाल लागूऔषध नियन्त्रण ब्युरो मानव स्रोत  व्यवस्थापन शाखा कोटेश्वर, काठमाडौँ शाखामा कार्यरत छन्।

mediabaaji add

सम्बन्धित खबर

गुण्डागर्दीको आरोपमा सानुभाइ भनिने युवराज गुरुङ पक्राउ

काठमाडौँ । गुण्डागर्दीको आरोपमा सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । पटक पटक पक्राउ पर्दै र छुट्दै आएका गुरुङलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

२०८० सालको असारमा ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोप...

सप्तरीमा पुजारीको गोली हानि हत्या

सर्लाही । सप्तरीको बोदेबर्साइन नगरपालिका – ८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको गोली हानी हत्या गरिएको छ। शनिबार राति ७० वर्षीय राम दुलार साहलाई अज्ञात समूहले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ल...

नागढुङ्गाबाट ७ लाख मूल्यका १४ थान पुराना आईफोन बरामद

काठमाडौँ । काठमाडौँको मुख्य नाका नागढुङ्गाबाट प्रहरीले भन्सार छली गरी ल्याइएका करिब सात लाख रुपैयाँ बराबरका १४ थान पुराना आईफोन बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मंगलबार राति पौने १० बजे चन्द्रागिरि नगरपालिका(२ स्थित नागढुङ्गा च...

टोलेगुण्डा र दुर्व्यसनीविरुद्ध ‘स्वीप अप्रेशन’

काठमाण्डौँ । जिल्ला प्रहरी कार्यालय, कास्कीले गए राति पोखराका पाँच ठाउँमा ‘स्वीप अप्रेशन’ चलाएको छ । सो अप्रेशनका क्रममा अवैध गतिविधि गर्ने १२२ जनालाई नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ । रातको समयमा होहल्ला गर्ने, सार्वजनिक शान्ति सुरक्षामा ख...

व्यवसायी शंकरलाल अग्रवाल सीआईबीद्वारा पक्राउ

काठमाडौँ । व्यवसायी शंकरलाल अग्रवाल पुनः पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अग्रवाललाई डिल्लीबजारबाट पक्राउ गरेको हो । अग्रवाल परिवारमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ । 

अदालतमा हाजि...

रास्वपाको सदस्यता देखाएर गहुँ र चिनीको तस्करी गर्ने विकास लुनिया को हुन् ?

काठमाडौँ । एक खाद्यान्न व्यपारीले रास्वपाको सदस्य हुँ भन्दै खाद्यान्नको अबैध कारोबारमा संलग्न रहेको पाइएको छ । भन्सार बाहिरबाट वस्तु ल्याएर बिक्री गर्न पल्किएका ती व्यापारी ‘सिजनल’ रुप धारणा गरी ‘सिजनल’ तस्करीमा लागेका हुन् । बिराटनगरलाई आधार बनाए...