बुधबार, ११ कात्तिक २०८३
नेपाली

फेरि मौसम बदलीको अर्को प्रणाली भित्रिँदै, काठमाडौँमा पनि वर्षा हुने

Main News Image

काठमाडौँ । पश्चिम नेपालमा वर्षा र हिमपात गराएर फर्किएको केही दिनमै फेरि पश्चिमी न्यून चापीय प्रणालीको असर नेपालमा देखिने भएको छ । आज रातिबाटै सुदूरपश्चिम क्षेत्रबाट प्रवेश गर्ने यसपालिको न्यून चापीय प्रणालीले काठमाडौं उपत्यकासमेत छुने र हल्का वर्षा गराउने भएको जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार यो प्रणालीले बुधबार भने देशैभरि असर पार्ने छ । तराइका भूभागमा भने केही कम असर पार्ने जनाइएको छ ।

मौसमविद् पौडेलले  भने, ‘पर्सी बुधबार काठमाडौंमा पनि हल्का वर्षा हुन्छ की भन्ने अनुमान छ र तर प्रणाली कमजोर नै छ, ठूलो झरी भने छैन।’ यसले हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात तथा वर्षा गराउन सक्ने पनि उनले बताए ।

यो प्रणाली आजराति पश्चिम नेपालबाट प्रवेश गर्ने र मङ्गलबार दिउँसोसम्ममा गण्डकी तथा लुम्बिनी प्रदेशसम्म फैलिने छ। त्यसपछि मङ्गलबार राति अझै बाक्लिएर बुधबारदेखि भने देशैभरि फैलिने विभागले जनाएको छ। त्यसले काठमाडौंमा समेत बदली हुने र बुधबार रातिदेखि विस्तारै हट्दै जाने पनि पौडेलले बताए ।

mediabaaji add

सम्बन्धित खबर

यी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत बाँकी हिमाली भूभागमा साधारणता बादल लागेको छ, मधेस र कोसीको तराई भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा...

धुलिखेल-खावा सडक भोलिदेखि १० दिन रातको समयमा बन्द हुने

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गतको धुलिखेल-खावा सडक खण्डमा आइतबारदेखि राति सवारी आवागमन बन्द हुने भएको छ । सडक स्तरोन्नतिका लागि साँझ ६ बजेबाट बिहान पाँच बजेसम्म सवारी आवागमन बन्द हुने भएको हो । आइतबारबाट १० दिनसम्म राति सवारी आवागमन रोक लगाइने...

मौसम पूर्वानुमान : सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।  हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ। तराई...

कृष्णभीर पहिरो : १५ दिनभित्र अस्थायी ट्र्याक खोलिने, वैकल्पिक मार्ग प्रयोग गर्न अपिल

काठमाडौँ । धादिङको कृष्णभीरमा खसेको ठूलो पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन नौबिसे खण्ड पूर्ण रूपमा ठप्प भएको छ । त्रिशूली नदीले सडक मुनिको जमिन कटान गरेपछि पहिरो खस्दा काठमाडौँ तथा धादिङ हुँदै चितवन, तनहुँ, कास्कीसहित पश्चिम नेपालतर्फ जाने आउ...

वैशाख १० सम्म तातो लहर चल्ने, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ ।  मौसम पूर्वानुमान महाशाखाले आगामी वैशाख १० गते बिहीबारसम्म देशका तराई र पहाडका विभिन्न जिल्लाहरूमा तातो दिन तथा तातो लहर अर्थात् हिट वेभको सम्भावना रहेको भन्दै नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 

मौसमविद्...

देशभर मनसुनी वायुको प्रभाव : पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले विभिन्न स्थानमा वर्षा र मौसम बदलीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानमै अवस्थित रहेको छ ।