बिहिबार, १२ कात्तिक २०८३
नेपाली

फेरि मौसम बदलीको अर्को प्रणाली भित्रिँदै, काठमाडौँमा पनि वर्षा हुने

Main News Image

काठमाडौँ । पश्चिम नेपालमा वर्षा र हिमपात गराएर फर्किएको केही दिनमै फेरि पश्चिमी न्यून चापीय प्रणालीको असर नेपालमा देखिने भएको छ । आज रातिबाटै सुदूरपश्चिम क्षेत्रबाट प्रवेश गर्ने यसपालिको न्यून चापीय प्रणालीले काठमाडौं उपत्यकासमेत छुने र हल्का वर्षा गराउने भएको जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार यो प्रणालीले बुधबार भने देशैभरि असर पार्ने छ । तराइका भूभागमा भने केही कम असर पार्ने जनाइएको छ ।

मौसमविद् पौडेलले  भने, ‘पर्सी बुधबार काठमाडौंमा पनि हल्का वर्षा हुन्छ की भन्ने अनुमान छ र तर प्रणाली कमजोर नै छ, ठूलो झरी भने छैन।’ यसले हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात तथा वर्षा गराउन सक्ने पनि उनले बताए ।

यो प्रणाली आजराति पश्चिम नेपालबाट प्रवेश गर्ने र मङ्गलबार दिउँसोसम्ममा गण्डकी तथा लुम्बिनी प्रदेशसम्म फैलिने छ। त्यसपछि मङ्गलबार राति अझै बाक्लिएर बुधबारदेखि भने देशैभरि फैलिने विभागले जनाएको छ। त्यसले काठमाडौंमा समेत बदली हुने र बुधबार रातिदेखि विस्तारै हट्दै जाने पनि पौडेलले बताए ।

mediabaaji add

सम्बन्धित खबर

पाँच प्रदेशमा भारी वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाडौँ । हाल मुलुकभर मनसुनी वायुको आंशिक प्रभाव रहँदा अधिकांश भूभागमा साधारणतया बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर स्थानभन्दा केही दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानकै आस...

हिमाली क्षेत्रमा हल्का हिमपात र तराईका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागसहित अन्य हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ । कोशी प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने बाँकी पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

<...

पूर्वी नेपालमा मौसम सुधारिँदै, पश्चिममा आइतबारसम्मै भारी वर्षाको जोखिम

काठमाडौँ । पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार हुँदै गए पनि देशका पश्चिमी भूभागहरूमा भने मौसमी प्रणालीको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आइतबारसम्मै भारी वर्षाको सम्भावना रहे...

मौसम अपडेट : आज यी प्रदेशहरूमा हुँदैछ भारी वर्षा र हिमपात, कतै–कतै हावाहुरीको पनि सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको जानकारी दिएको छ ।

हाल देशभर साधारणतया बादल लागेको छ। कर्णाली प्रदेशका केह...

देशका विभिन्न स्थानमा वर्षा, केही पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान

काठमाण्डौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रद...

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

काठमाडौँ । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने बताएको छ । महाशाखाले आज साँझ विशेष मौसम बुलेटिन जारी गर्दै मधेस, कोशी, बागमती, गण्डकी, लुम्ब...