फेरि मौसम बदलीको अर्को प्रणाली भित्रिँदै, काठमाडौँमा पनि वर्षा हुने
काठमाडौँ । पश्चिम नेपालमा वर्षा र हिमपात गराएर फर्किएको केही दिनमै फेरि पश्चिमी न्यून चापीय प्रणालीको असर नेपालमा देखिने भएको छ । आज रातिबाटै सुदूरपश्चिम क्षेत्रबाट प्रवेश गर्ने यसपालिको न्यून चापीय प्रणालीले काठमाडौं उपत्यकासमेत छुने र हल्का वर्षा गराउने भएको जनाइएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार यो प्रणालीले बुधबार भने देशैभरि असर पार्ने छ । तराइका भूभागमा भने केही कम असर पार्ने जनाइएको छ ।
मौसमविद् पौडेलले भने, ‘पर्सी बुधबार काठमाडौंमा पनि हल्का वर्षा हुन्छ की भन्ने अनुमान छ र तर प्रणाली कमजोर नै छ, ठूलो झरी भने छैन।’ यसले हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात तथा वर्षा गराउन सक्ने पनि उनले बताए ।
यो प्रणाली आजराति पश्चिम नेपालबाट प्रवेश गर्ने र मङ्गलबार दिउँसोसम्ममा गण्डकी तथा लुम्बिनी प्रदेशसम्म फैलिने छ। त्यसपछि मङ्गलबार राति अझै बाक्लिएर बुधबारदेखि भने देशैभरि फैलिने विभागले जनाएको छ। त्यसले काठमाडौंमा समेत बदली हुने र बुधबार रातिदेखि विस्तारै हट्दै जाने पनि पौडेलले बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
यती एयरलाइन्सको आजका उडान स्थगित
काठमाडौँ । यती एयरलाइन्सले आज २१ फागुनको सबै उडान स्थगित गरेको छ । प्रतिनिधिसभा निर्वाचन परेकाले उडान स्थगित गरेको जनाएको हो । कम्पनीले सूचना जारी गर्दै आज उडान नहुने बताएको हो । निर्वाचन आयोगले भने यसपालि आन्तरिक उडान निरन्तर राख्ने निर्णय गरेको...
भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा कार्यालयमा तालावन्दी
काठमाडौँ । समाज कल्याण परिषद्अन्तर्गत पर्ने काठमाडौं भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा विभिन्न सङ्घ संस्थाको कार्यालयमा तालाबन्दी गरिएको छ । वर्षौँसम्म भाडा नतिर्ने व्यक्तिका पसल र संस्थाका कार्यालयमा सोमबार ताला लगाइएको हो ।
धनगढीमा अवतरण हुन नसकेपछि श्री एयरलाइन्सको जहाज मध्यरातमा काठमाडौँ फिर्ता
काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज गन्तव्यमा अवतरण हुन नसकेपछि मध्यरातमा पुनः काठमाडौँ नै फर्किएको छ। जहाज अवतरण हुन नसकी काठमाडौँ फिर्ता भएपछि जहाजमा रहेका ८० जना यात्रुहरू अलपत्र परेका छन् ।
उक्त जहाजमा सवार सञ...
काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने सिनामङ्गल चोक तथा तिलगङ्गा क्षेत्रमा बिजु...
मौसम पूर्वानुमान : पहाडी र हिमाली भू-भागका केही स्थानमा वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू भागमा आंशिक बादल लागेको छ । कोशी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्...
कोशीमा बढ्यो बहाव, खोलिए २० ढोका
सुनसरी । पूर्वी पहाड तथा तराईका विभिन्न जिल्लामा भएको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेको छ । कोशी ब्यारेजमा पानीको बहाव एक लाख ७२ हजार ४३२ क्युसेक प्रतिसेकेन्ड रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।...



