खेलकुद
टी–२० विश्वकपमा आज श्रीलंका–इङ्गल्याण्ड तथा भारत–दक्षिण अफ्रिका भिड्दै
काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकपमा शनिबारदेखि सुपर आठका खेलहरू शुरू भएका छन् । शनिबारको पहिलो खेल नतिजाविहीन भएको छ । खराब मौसमका कारण पाकिस्तान र न्यूजिल्याण्डबीचको खेल नतिजाविहीन भएको हो । एक बल पनि नखेली खेल रद्ध भएको हो । कोलम्बोमा हुनुपर्ने खेल वासआउट भएसँगै दुवै टिमले समान एक अंक जोडेका छन् ।
पाकिस्तान र न्यूजिल्याण्ड सुपर आठको समूह २ मा रहेका छन् । यो समूहमा इङ्गल्याण्ड र श्रीलंका पनि रहेका छन् । इङ्गल्याण्ड र श्रीलंकाबीचको खेल आज दिउँसो ३ः१५ बजे शुरू हुनेछ । यो खेल श्रीलंकाको पल्लेकेलेमा हुनेछ । सुपर आठको समूह १ मा भारत, दक्षिण अफ्रिका, जिम्बाब्वे र वेष्ट इन्डिज रहेका छन् । आजको दोस्रो खेलमा बेलुकी ७ः१५ बजे भारत र दक्षिण अफ्रिका खेल्नेछन् । यो खेल भारतको अहमदाबादमा हुनेछ ।
ताजा समाचार
स्कटल्यान्डविरुद्ध नेपाललाई ७ विकेटको जित
काठमाडौँ । टी–२० विश्वकपअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध सात विकेटको जित हासिल गरेको छ । टस जितेर नेपालले फिल्डिङ रोजेको थियो...
सान्त्वना जितको लक्ष्यमा नेपाल, स्कटल्यान्डको सामना गर्दै
काठमाडौँ । भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डको सामना गर्दैछ । समूह ‘सी’ अन्तर्गतको खेल...
टी-२० विश्वकपमा पाकिस्तानमाथि भारतको सबैभन्दा ठूलो जित, मिलाएनन् हात
कोलम्बो । टी-२० विश्वकपमा भारतले पाकिस्तानलाई ६१ रनले पराजित गरेको छ । यो प्रतियोगिताको इतिहासमा रनको हिसाबले पाकिस्तानमाथि भारतको सबैभन्दा ठूलो जि...
आइसीसी टी–२० विश्वकपमा लगातार तेस्रो हार व्यहोरेसँगै नेपाली टोली सुपर ८ दौडबाट ब...
काठमाण्डौँ । भारत र श्रीलंकामा जारी आइसीसी टी–२० विश्वकपमा लगातार तेस्रो हार व्यहोरेसँगै नेपाली राष्ट्रिय क्रिकेट टोली सुपर ८ दौडबाट बाहिरिएको छ।
दुईपटकको विश्व विजेता वेस्ट इन्डिजसँग भिड्दै नेपाल, सुपर एट सम्भावना बचाउने चुनौ...
काठमाण्डौँ । आईसीसी टी-२० विश्वकपअन्तर्गत आज आइतबार समूह चरणको आफ्नो तेस्रो खेलमा नेपाल दुईपटक विश्वकप जितेको वेस्ट इन्डिजसँग भिड्दै छ । भारतको मुम...
टी-२० विश्वकपमा आज तीन खेल हुदै
काठमाडौँ । जारी टी-२० विश्वकपमा आज तीन खेल हुदैछन् । आज पहिलो खेल समुह बी अन्तर्गत आयरल्याण्ड र ओमानबीच हुदैछ । श्रीलंकाको कोलम्बोमा हुने यो खेल ने...


