मङ्गलबार, २६ साउन २०८३
नेपाली

खेलकुद

Main News Image

विश्वकप छनोट : आज ओमानविरुद्ध भिड्दै नेपाल

ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसियाप्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा आज नेपालले आयोजक ओमानविरुद्ध खेल्दैछ।यो खेल नेपाली समय अनुसार राति ८ः४५ बजेदेखि शुरु हुदैछ। नेपालले आज ओमानविरुद्ध जित हासिल गरेमा २०२६ मा भारतमा हुने टी-२० विश्वकपमा छनौट हुने छ । सुपर सिक्समा नेपालले पहिलो खेलमा युएईविरुद्ध रोमाञ्चक एक रनको जित हासिल गरेको थियो भने कतारविरुद्ध ५ रनको जित हासिल गरेको थियो। त्यस्तै ओमानले सुपर सिक्समा युएई र कतारलाई नै पराजित गरेको छ । हाल अंकतालिकामा ओमान रनरेटको आधारमा शिर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा रहेको छ। नेपालले यो खेलपछि शुक्रबार सामोआसँग खेल्ने तालिका रहेको छ ।