शुक्रबार, ०५ असार २०८३
नेपाली

खेलकुद

Main News Image

एनपिएलको तयारी पूरा : ३५ करोड उठ्ने क्यानको दाबी

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएलको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस खड्काले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगिताका विजेता टोलीलाई पुरस्कार स्वरूप एक करोड १० लाख प्रदान गरिनेछ । यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो । त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने ५१ लाख प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले २५ लाख तथा चौथो हुनेले १५ लाख प्राप्त गर्नेछ ।

एनपिएलमा विभिन्न आठ फ्रेञ्चाइज टोली सहभागी हुनेछन् । उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच हुनेछ । साथै, एनपीएलमा ३५ करोड रुपैयाँ भन्दा बढी पैसा उठ्ने क्यानले जनाएको छ । क्यानले १५ करोड ३० लाख प्रायोजकबाट नौ करोड सहभागी टिमबाट उठ्ने बताएको छ । ओटीटीबाट उठेको पैसाबाट पाँच करोड ३० लाख कटाएर बाँकी रहेको पैसाको ७१ प्रतिशत क्यानलाई आठदेखि १२ करोड टिकटबाट उठ्ने अनुमान रहेको क्यानले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

 

शरद भेसवाकरले लिए नेपाली क्रिकेट टोलीबाट सन्यास

काठमाडौँ । शरद भेसवाकरले नेपाली क्रिकेट टोलीबाट सन्यास लिएका छन् । हङकङ सिक्सेस खेलेसँगै शरदले आज टोलीबाट सन्यास लिएका...

नेपालले भारतलाई ९२ रनले हरायो

काठमाडौँ । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो...

नेपालले भारतलाई ९२ रनले हरायो

काठमाडौँ । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्...

साम्बाको दुई गोलमा भारतमाथि नेपालको जित

काठमाडौँ । ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलको दोस्रो खेलमा नेपालले भारतलाई पराजित गरेको छ । शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा...

त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न भारत जाने महिला टोलीको विदाई

काठमाडौँ । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विदाई गरिए...

तेक्वान्दोका समर्पित योद्धा राम गिरी : तीन दशकको यात्रापछि संघको केन्द्रीय उपाध्...

काठमाण्डौँ । तेक्वान्दो खेलसँग जीवनको तीन दशकभन्दा बढी समय समर्पण गरेका युवा उद्यमी तथा समाजसेवी राम गिरी नेपाल तेक्वा...