खेलकुद
एसियाली खेलकुदबाट नेपाली क्रिकेट टोली स्वदेश फिर्ता : ऐतिहासिक जित दर्ता गरे पनि वर्षा बन्यो बाधक
काठमाडौँ । बीसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आज राति जापानको टोकियोबाट स्वदेश फर्किएको छ। स्वदेश फर्किएका टोलीका खेलाडी तथा पदाधिकारीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरूले स्वागत गरे।
यस पटकको एसियाली खेलकुदमा नेपाली टोलीले पदक जित्न नसके पनि समूह चरणमा उत्कृष्ट र ऐतिहासिक प्रदर्शन गर्यो। नेपालले समूह चरणकै खेलमा टेस्ट राष्ट्र अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै १२ वर्षपछिको ऐतिहासिक जित दर्ता गर्न सफल भएको थियो ।
तर, प्रतियोगिताको पछिल्लो चरणमा भने वर्षा टोलीका लागि मुख्य बाधक बन्यो। समूह चरणको अन्तिम खेलमा वर्षाका कारण आयोजक जापानसँग अंक बाँड्नुपरेको भए पनि नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको थियो। क्वार्टरफाइनलमा बलियो प्रतिस्पर्धी श्रीलंकको सामना गरेको नेपालका लागि उक्त खेलमा पनि वर्षाले नै निराशा थपिदियो ।
ताजा समाचार
बार्सिलोनाका फ्यानलाई खुसीको खबर, ब्राजिलियन स्टार राफिन्हा २०३० सम्म बार्सिलोना...
काठमाण्डौँ । स्पेनिस क्लब बार्सिलोना र ब्राजिलियन स्टार राफिन्हाबीच सन् २०३० सम्म सम्झौता लम्ब्याउने सहमति भएको छ । पछिल्लो समय उत्कृष्ट लयमा रहेका...
एसिसी प्रिमियर कप फाइनल : उपाधिका लागि आज नेपाल र युएई आमनेसामने
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज साविक विजेता नेपाल र युनाइटेड अरब इमिरेट्स युएई भिड्दैछन् ।...
एसीसी पुरुष प्रिमियर कप : लगातार तेस्रो जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश
काठमाडौँ । मलेसियाको बायुमास क्रिकेट ओभलमा साउदी अरबलाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी पुरुष प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए...
एसिसी प्रिमियर कप : लगातार तेस्रो जितको खोजीमा नेपाल, आज साउदी अरेबियासँग भिड्दै
काठमाडौँ । एसियन क्रिकेट काउन्सिल एसिसी प्रिमियर कपको तेस्रो संस्करणअन्तर्गत समूह चरणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियाको सामना गर्दैछ...
मेसीको सम्मानमा एक मिनेट खेल रोकेर ताली बजाइने,मेसीको सम्मानमा १० औं मिनेटमा एक...
काठमाडौँ । अर्जेन्टिनी फुटबल महासंघ एएफएले राष्ट्रिय टोलीका स्टार खेलाडी लियोनल मेसीको सम्मानमा यसै साता हुने सबै फुटबल खेलमा पहिलो हाफको १०औँ मिने...
नेपाल ए ले आज तास्मानियासँग एकदिवसीय खेल खेल्दै
काठमाडौँ । अस्ट्रेलिया रहेको नेपाल ए टिमले तीन एक दिवसीय खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले ए ले आज तास्मानियासँग खेल्दैछ...


