सोमबार, ०१ असार २०८३
नेपाली

खेलकुद

Main News Image

एनपिएलमा जनकपुरको पहिलो जित

काठमाडौँ । दोस्रो नेपाल प्रिमियर लिग एनपिएलमा जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ । मंगलबार चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै जनकपुरले जारी सिजन पहिलो जितको स्वाद चाखेको हो । यस जितसँगै जनकपुरले अंक तालिकामा खाता खोलेको छ । अब जनकपुरले लिग चरणमा लुम्बिनी लायन्स र कर्णाली याक्ससँग खेल्ने बाँकी छ । प्लेअफमा स्थान बनाउन यी दुई टोलीलाई पराजित गर्नुपर्नेछ भने अन्य टोलीको नतिजामा समेत भर पर्नेछ ।

एनपीएलको पहिलो खेलमा जनकपुर काठमाडौँ गोर्खाजसँग पाँच विकेटले पराजित भएको थियो। दोस्रो खेलमा विराटनगर किंग्ससँग ९ रनले, तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले, र चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार व्यहोरेको थियो । यता, जनकपुरसँगको हारले चितवनको प्लेअफ यात्रा चुनौतीपूर्ण बनाएको छ । मिश्रित प्रदर्शन गरिरहेको चितवनले अब बलियो टोली सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग खेल्ने बाँकी छ। प्लेअफको सम्भावना कायम राख्न चितवनले दुवै खेल जित्नै पर्नेछ ।

एनपीएल : आज चितवन र जनकपुर, पोखरा र कर्णाली भिड्दै

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्...

एनपिएलः आज विश्राम,भोलि दुई खेल हुने

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत आज विश्राम दिइएको छ । भोलि मङ्गलबार भने...

रोहित बने विश्वकै सबैभन्दा बढी छक्का हान्ने खेलाडी

काठमाडौँ । भारतीय क्रिकेटर रोहित शर्मा एक दिवसीय क्रिकेटमा सबैभन्दा बढी छक्का हान्ने खेलाडी बनेका छन् । दक्षिण अफ्रिका...

एनपीएलः आज कर्णाली र काठमाडौं भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज कर्...

सुदूरपश्चिम अपराजित रहँदै प्लेअफमा, जनकपुर अंकविहीन

काठमाडौँ । सुदूरपश्चिम रोयल्स अपराजित रहँदै नेपाल प्रिमियर लिग एनपीएल टी २० क्रिकेटको प्लेअफमा पुग्ने पहिलो टिम बनेको...

एसीसी यु-१९ प्रिमियर कपको फाइनलमा नेपाल

काठमाडौँ । एसीसी यु–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल पुगेको छ । ओपनिङ बलर नितेशकुमार पटेल र चन्दन रामको उत...