विश्वकप अभ्यासः लागातार दोस्रो खेलमा नेपाल विजयी, एमसिए ४८ रनले पराजित
काठमाडौँ । आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले लगातार दोस्रो अभ्यास खेलमा जित निकालेको छ । भारतको एमसिए प्रेसिडेन्ट–११ विरुद्ध शनिबार ४८ रनको जित निकालेको हो । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले सात विकेटको जित निकालेको थियो ।
शनिबार भएको खेलम टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले पाँच विकेटको क्षतिमा १८३ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले अर्धशतक बनाउनुभयो । शेखले ४२ बलको सामना गर्दै नटआउट ६६ रन बनाउनुभएको हो । सन्दीप जोराले २६ बलमा ३१ रन जोड्नुभयो भने आशिफ शेखले २५, गुल्सन झा २३ रनमा आउट हुँदा लोकेश बमले १५ र बसिर अहमेदले ९ रन थप्नुभयो । पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा नेपालले १८३ रन बनाएको हो ।
अब विश्वकप अगाडि नेपालले चेन्नईमा फेब्रुअरी ३ मा संयुक्त अरव इमिरेट्स युएई र फेब्रुअरी ५ तारिख क्यानडासँग ‘वार्म अप’ खेल खेल्ने छ । भारत र श्रीलंकामा हुने विश्वकपको सुरुवात नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै सुरु गर्ने छ । विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । कठिन मानिएको यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
दृष्टिविहीन महिला टोली टी-२० विश्वकप खेलेर स्वदेश फिर्ता
काठमाडौँ । दृष्टिविहीन महिला टोली टी २० विश्वकप खेलेर स्वदेश फिर्ता आएका छन् । फाइनलमा भारतसँग पराजित भएपछि टोली फर्किएका हुन् । आइतबार सम्पन्न फाइनलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो ।
मार्टिनेलीको इन्जुरी समयको गोलमा ब्राजिल विश्वकपको अन्तिम १६ मा, जापान पराजित
काठमाडौँ । अमेरिकामा जारी फिफा विश्वकप अन्तर्गत सोमबार राति भएको निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा पाँच पटकको विजेता ब्राजिलले जापानलाई २,१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको छ । निर्धारित ९० मिनेटको खेल १,१ को बराबरीमा...
आज दुई खेल- जनकपुर र विराटनगर, सुदूरपश्चिम र कर्णाली भिड्दै
काठमाडौँ । यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा आज दुई खेल हुनेछन् । पहिलो खेलमा बिहान पौने १२ बजे साविक विजेता जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा अपरान्ह ४ बजे साविक उपविजेता सु...
क्रिकेट विश्वकपको उपाधिबाट चुक्यो नेपाल, फाइनलमा पराजित
काठमाडौँ । कोलम्बोमा आयोजित ‘पहिलो दृष्टिविहीन महिला टी २० विश्वकप क्रिकेट २०२५’ को फाइनलमा नेपाल पराजित भएको छ । भारतले नेपाललाई सात विकेटले पराजित गर्दै उपाधि जितेको छ । पहिले ब्याटिङ गरेको नेपालले २० ओभर...
विश्वकप २०२६ को क्वाटरफाइनल समीकरण पूरा : युरोपका ६ टोली अन्तिम आठमा
काठमाडौँ । उत्तर अमेरिकाका तीन राष्ट्रहरू संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा भइरहेको २३औं संस्करणको फिफा विश्वकप फुटबल २०२६ को क्वाटरफाइनल समीकरण पूर्ण रूपमा तयार भएको छ ।
बुधबार बिहान क्यानडाको भ्यानकुभरमा सम्पन्न...
ब्याटिङ ‘कोल्याप्स’ ले डुबायो नेपाल ए, ओमानसँग ७० रनले हार
काठमाडौँ । माथिल्लो मुलपानी मैदानमा भएको अभ्यास एकदिवसीय खेलमा नेपाल ए ओमानसँग ७० रनले पराजित भएको छ। २८१ रनको लक्ष्य पछ्याएको नेपाल २१० रनमै अलआउट भयो।
नेपालले उत्कृष्ट सुरुवात गर्दै एक समय १७७–२ को बलियो अवस्थामा पुगेको थियो। तर त्यसपछि के...



