राजनीति
झापाको चुनावी सुरक्षामा नौ हजार सुरक्षाकर्मी परिचालन
काठमाडौँ । हेभिवेट उम्मेदवारको भिडन्तले इलेक्सन इपिसेन्टर झापामा चुनावी सुरक्षा कडा पारिएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरीसहित नौ हजार सुरक्षाकर्मी परिचालन गरेको छ ।
नेपाल प्रहरीले झापाको सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरी झापा र इलामको समन्वय गर्ने गरी प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीसहित ठुलो संख्यामा प्रहरी परिचालन गरेको छ । २८५ मतदानस्थल रहेको झापामा ४३ वटा मतदानस्थल समान्य, १४७ संवेदनशील र ९५ वटा अतिसंवेदनशील मतदानस्थल छन् । सुरक्षाका लागि मतदानस्थलमा जाने कर्मचारीसँगै सुरक्षाकर्मी पनि परिचालन गरिसकिएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । नेपाल प्रहरी पहिलो, सशस्त्र दोस्रो र नेपाली सेनाले तेस्रो घेरामा रहेर सुरक्षा दिनेछ ।
उनका अनुसार तीनै तहका सुरक्षा निकायले संयुक्त गस्ती र पेट्रोलिङ गरिरहेका छन् । झापा निर्वाचन शान्तिपूर्ण हुने प्रजिअ गेलालको दाबी छ । ‘हामी ढुक्क भएर मत खसाल्न आउन नागरिकलाई आग्रह गर्दछौँ,’ उनले भने ।
ताजा समाचार
६ सरकारी कागजातका आधारमा मतदान गर्न पाइने
काठमाडौँ । निर्वाचन आयोगले सरकारी कागजातमध्ये कुनै एक भए मतदान गर्न पाइने जनाएको छ । आयोगले मतदाता परिचयपत्र नभए पनि ६ प्रकारका सरकारी कागजातमध्ये...
आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पाल...
मौन अवधि सुरु, केके गर्न पाइँदैन ?
काठमाडौँ । बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिए...
आदेखि मतदान केन्द्रमा कर्मचारी परिचालन
१८ फागुन, काठमाडौँ । यही फागुन २१ गते हुने निर्वाचन गराउनको लागि कर्मचारी र सुरक्षाकर्मीहरू आज अपराह्नसम्म देशभरका मतदान केन्द्रहरुमा परिचालिन हुने...
पाँच वर्ष कांग्रेस नेतृत्वमा देश तीव्र गतिमा अघि बढ्छ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष कांग्रेस नेतृत्वमा देश तीव्र रूपमा सञ्चालन हुने दाबी गरेका छन् । सर्लाही क्षेत्...
एमाले अध्यक्ष ओलीलाई अभिनन्दन
काठमाण्डौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दमक २ को हिमशिखर टोल विकास संस्थामा आयोजित कार्यक्रममा अभिनन्दन...


