मङ्गलबार, ०२ असार २०८३
नेपाली

राजनीति

Main News Image

काठमाडौं उपत्यकाको विकासका लागि कांग्रेसका १५ उम्मेदवारको भिजन १० प्रतिज्ञा पत्र सार्वजनिक

काठमाडौँ । संघीय राजधानी काठमाडौं उपत्यकामा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूका तर्फबाट नेपाली कांग्रेस काठमाडौं उपत्यका विकास प्रतिबद्धता पत्र भिजन १० सार्वजनिक गरिएको छ । काठमाडौमा आयोजित एक कार्यक्रमकाबीच महामन्त्री प्रदीप पौडेलको उपस्थितिमा तीन ओटै जिल्लाका उम्मेदवारहरूको भर्चुअल सहभागीतामा प्रतिज्ञा पत्र सार्वजनिक गरिएको हो ।

प्रतिज्ञा पत्रमा तीन ओटै जिल्लालाई एउटै सहरका रुपमा लिई स्थान विशेषका मौलिक विशिष्टतालाई ध्यानमा राख्दै एकीकृत सहरी विकास योजना तर्जुमा गरी कार्यान्वयन गरेर विश्वको सफा, सुन्दर, विकसित, आधुनिक, सुशासित एवं जीवन्त सहरका रुपमा विकास गरिने उल्लेख छ । 

उपत्यकाको बहन क्षमता बमोजिम सहरको व्यवस्थापन गर्दै वृहत्तर संघीय राजधानी पुनःसंरचना योजना कार्यान्वयन गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई सृदृढ एवं सक्षम बनाइने प्रतिज्ञा पत्रमा छ ।

यसैगरी उपत्यकाको सडक यातायातलाई सहज, व्यवस्थित र अनुमानयोग्य बनाउन एकीकृत सहरी यातायात र स्मार्ट मोबिलिटी नीति अवलम्बन गर्दै मास ट्रान्सपोर्ट सहितको सडक पूर्वाधार निर्माण तथा यातायात व्यवस्थापन गर्दा पैदलयात्री, साइकल यात्री तथा सबै नागरिकको आवश्यकतालाई विशेष ध्यान दिँदै केबल सिटीका रुपमा विकास गरिने प्रतिज्ञा पत्रमा  छ।

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ । पहिलो हुने निर्वाचित हुने...

आजदेखि चुनाव अवधिभर मादक पदार्थ सेवन तथा बिक्री-वितरणमा रोक

काठमाडौँ । सरकारले चुनाव अवधिभरका लागि मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले ‘मतदानको...

रास्वपाको नवलपरासी सभापति महेन्द्र ठकुरी कांग्रेसमा प्रवेश

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको केही दिनअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नवलपरासी जिल्लाका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कां...

रास्वपाले टिकट पैसामा बाँडेको भन्दै कास्कीका नेता राजु राईले छाडे रास्वपा

पोखरा । रास्वपा कास्कीका नेता राजु राईले पार्टी परित्याग गरेका छन् । राजनीति सोझो र इमानदारले गर्ने काम नभएको निष्कर्ष निकाल्दै उनले आज सामाजिक सञ्...

रास्वपाको बहुमत नआए भ्रष्टाचारी खुसी हुन्छन् : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने ले रास्वपाले बहुमत नल्याए सबैभन्दा बढी खुसी भ्रष्टाचारीहरू हुने बताएका छन् । चु...

चुनावको मुखैमा सिंगापुर उडे देउवा

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । नेपाली कांग्रेसका पूर्व सभापति स...