राजनीति
प्रदेशमा चाँडै सरकार बनाउन ओली र प्रचण्डको निर्देशन, भट्टलाई नै मुख्यमन्त्री बनाउने सहमति
कैलाली । नयाँ सत्ता समीकरणअनुसार सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि प्रचण्ड र ओलीको निर्देशनपछि नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक गृहकार्यमा सहमति जुटेको छ । केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको तीनबुँदे सहमतिअनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने भए पछि उक्त पार्टीको दलमा नेता खगराज भट्टलाई नै मुख्यमन्त्री बनाउने विषयमा सहमति भएको हो ।
‘नेकपाको जिम्मेवारीमा मुख्यमन्त्री परेपछि संसदीय दलका नेतालाई नै मुख्यमन्त्री बनाउने विषयमा केन्द्रमा सबै नेताहरूको एकमत छ,’ नेकपाका एक सांसदले भने, ‘पार्टी नेतृत्वमा मात्रै होइन, संसदीय दलभित्र पनि उनको विकल्पका विषयमा कुनै छलफल छैन। ’
ताजा समाचार
तराई-मधेसको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री वालेन्द्र शाह र सांसदहरूबीच छलफल
काठमाडौँ । तराई तथा मधेस क्षेत्रमा पछिल्लो समय सिर्जित असहज परिस्थिति र सामाजिक(साम्प्रदायिक तनावबारे निकास खोज्न प्रधानमन्त्री वालेन्द्र शाहले त्य...
मधेस र कोशी प्रदेशमा ड्रोनबाट कडा सुरक्षा निगरानी, अफवाह फैलाउनेलाई कारबाही गर्न...
काठमाडौँ । धार्मिक तथा सामाजिक सद्भाव खलबल्याउने प्रयासहरू बढेपछि गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनमा मधेस र कोशी प्रदेश...
प्रचण्डको प्रश्न : कप्तानगञ्जमा त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो ?
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको विद्यमान राजनीतिक तथा सुरक्षा अवस्था सहज नरह...
हृदयेन्द्रलाई रविन्द्र मिश्रले भने ‘राजा बन्न तयार रहनुस्’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्व वरिष्ठ उपाध्यक्ष तथा राजनीतिक विश्लेषक रविन्द्र मिश्रले पूर्व नवयुवराज हृदयेन्द्र शाहलाई जन...
बालेन शाह रास्वपाको वरिष्ठ नेता मनोनित, ८ सदस्यीय सचिवालय गठनसहित ११ निर्णय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले बालेन्द्र शाहलाई वरिष्ठ नेता मनोनित गरेको छ । पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा बुधबार बसेको...
१४ दिनपछि बस्दै प्रतिनिधिसभा बैठक, के छ कार्यसूची ?
काठमाडौँ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘अर्थ...


